ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सवमा झण्डै १ करोड ४२ लाख संकलन

पोखरा-

कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छ्रे मावि÷शिक्षाक्याम्पसमा आयोजित ढिकुरपोखरी शैक्षिक एंव धार्मिक महोत्सवमा पाँचौ दिन २४ लाख रुपैयाँ नगद दान संकलन भएको छ ।

आईतबार महोत्सवमा ढिकुरपोखरी ४ का मनपति÷हिमलाल÷लोकराज÷जिवनाथ भण्डारीले स्व.पिता लिलाधर भण्डारीको स्मृतिमा रु.५ लाख २ हजार नगद दान गर्नुभएको छ । साथै उहाँहरुले माता विष्णुमाया भण्डारीको तुलादान समेत गर्नुभएको महासचिव यादवराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै पाँचौदिन पोखरा ४ चिप्लेढुंगाकी गायत्री पराजुलि अधिकारीले रु.१ लाख १ हजार १ सय ११, ढिकुरपोखरी २ का डा.दिपकराम सुवेदीले रु. रु.१ लाख १ हजार १ सय ११, महासचिव यादवराज अधिकारीले रु.५५ हजार ५ सय ५५, ढिकुरपोखरी ५ का जिवलाल पौडेल र भाईहरुले रु.५३ हजार ३ सय ३, ढिकुरपोखरी ६ का अर्जुन गुरुङले रु.५२ हजार १ सय ५, ढिकुरपोखरी ४ का टिकाराम दाहालले रु.५ हजार ५ सय ५५, ढिकुरपोखरी ७ का मुक्तिराम पौडेलले ५० हजार ५ सय ५, ढिकुरपोखरी ६ का गणेश भारतीले रु.५० हजार ५ सय, ढिकुरपोखरी ६ का राजकुमार गुरुङ(राजु) ले रु.५० हजार १ सय ५, ढिकुरपोखरी ६ का लिल बहादुर गुरुङ ५० हजार १ सय, ढिकुरापोखरी ६ का डा.थानेश्वर पहरीले रु.५० हजार र ढिकुरपोखरी ६ का दुर्गादत्त पहरीले ५० हजार रुपैयाँ नगद दान गर्नुभएको छ । महोत्सवमा आईतबार ढिकुरपोखरी ८ की टुल्कीदेवी पौडेलले रु.२ लाख बराबरको जग्गा दान गर्नुभएको छ । महोत्सवको पाँचौ दिन सम्म करिब १ करोड ४२ लाख रुपैयाँ दान संकलन भएको छ ।

प्रविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबुद्धी गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद पौडेलले जानकारी दिनुभयो ।

माघ १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गोविन्दशरण महाराज र मधुर वाणीकी धनी मीरादेवीले श्रीमद् भागवत कथा वाचन गरिरहनु भएको छ । महोत्सवमा ५१ सय शान्ति कलश पूजन, सहस्रशालिग्राम पूजा, विराट धनधान्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, शुभ व्रतवन्ध, शैक्षिक प्रदर्शनी लगायत समावेश गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button