कसले ग¥यो काँग्रेस उम्मेदवारका गाडीमा आगजनी र तोडफोड ?

पोखरा, २८ बैशाख-

आफ्ना उम्मेदवारहरुले प्रयोग गर्दै आएको सवारी साधन अज्ञात समूहले तोडफोड गर्नुका साथै जलाउँदै आएपछि नेपाली काँग्रेसले त्यसतर्फ ध्यानकर्षण भएको जनाएको छ ।

उसले त्यस्ता आपराधिक मनोभावना भएका व्यक्तिहरुलाई पहिचान गरि चाँडो भन्दा चाँडो कारबाहिको दायरामा ल्याउन माग गरेको छ ।

माछापुछ्रे  गाउँपालिकामा दुई गाडीमाथि आगजनी र अन्नपूर्ण गाउँपालिकामा एउटा गाडीमाथि तोडफोड भएपछि काँग्रेसले यस्तो प्रवृत्ति ‘हारको मानसिकता’बाट आएको हुन सक्ने आँकलन गरेको छ । उसले आफ्ना प्रतिद्वन्दिहरुको राजनीतिक ईवि साँध्नका लागि यसो गरेको हुन सक्ने भन्दै त्यो भएको खण्डमा आफु पनि चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ ।

अज्ञात समूहले माछापुछ्रे गाउँपालिका वडा नम्बर १ मा काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विरेन्द्र गुरुङले प्रचारमा प्रयोग गर्दै आएको ग १ ज ५१४८ नम्बरको गाडीमा मंगलबार राती आगजनी गरिदिएका थिए । त्यस्तै त्यसको केहि दिन अगाडि सोहि गाउँपालिकाको वडा नम्बर २ मा काँग्रेसकै तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गुञ्जमान गुरुङले प्रयोग गर्दै आएको गाडी पनि अज्ञात समूहले जलाईदिएका थिए ।

त्यसैगरि अन्नपूर्ण गाउँपालिकामा काँग्रेसकै तर्फबाट वडा अध्यक्षका उम्मेदवारी दिएका जिवनाथ पौडेल चढ्ने गाडीमा समेत अज्ञात समूहले तोडफोड गरेको थियो । शान्तिपूर्ण चुनावलाई भाँड्ने योजनासहित यसो गरिएकोले त्यस्ता समूहलाई तत्काल कारबाहिको दायराभित्र ल्याउन नेपाली काँग्रेस कास्कीले प्रशासन समक्ष माग गरेको छ । २ वटै गाडी पूर्ण रुपमा जलेर काम नलाग्ने भएको नेपाली काँग्रेसले जनाएको छ ।

माछापुछ्रे गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका खुशीमान गुरुङले काँग्रेसको माहौल बढ्दै गएपछि चुनाव भाँड्ने योजनासहित विरोधी समूहहरुले यसो गरेको बताउँछन् । ‘गाउँपालिकामा काँग्रेसप्रति जनलहर उर्लिरहेको छ । र, काँग्रेस विरोधीहरुलाई यो कुरा पाच्य भैराखेको छैन । त्यसैले उनीहरु यस्ता आपराधिक हर्कत गरेर चुनाव भाँड्ने योजना बनाईरहेका छन् ।’ उनले भने–‘काँग्रेस त्यसै चुप लागेर बस्ने अवस्थामा भने पटक्कै छैन ।’

यता जिल्ला प्रहरी कार्यालय कास्कीले भने गाडी जलाउने समूह अझै पत्ता नलागेको बताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको उसले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button