वीनकुमारी स्मृति फुटबलको उपाधी लमजुङ्को क्लवलाई

पोखरा-

कास्कीको थुुम्सीकोटमा सम्पन्न भएको वीनकुमारी स्मृति दोस्रो रनिङ् शिल्ड फुटबल प्रतियोगिताको उपाधी लमजुङ्को कल्याङ् युवा क्लवले जितेको छ । स्थानीय थुम्सीकोट युवा क्लवलाई पराजित गर्दै कल्याङ् युवा क्लवले उपाधी जितेको हो ।

थुम्सीकोट युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरको शिकार बनउँदै कल्याङ्ले उपाधी जितेको हो । कल्याङ्का लागि मेसी तमु, दीपक तमू, सरोज नेपाली र हरि तमूले गोल गरेका थिए भने, उपविजेता थुम्सीकोट युवा क्लवका लागि विनोद तमु, कृष्ण तमु र मनिष थापाले मात्रै गोल गरेका थिए ।

उपाधीसँगै विजेताले २० हजार रुपैंया नगद तथा शिल्ड तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता भएको थुम्सीकोट युव क्लवले १२ हजार नगद प्राप्त गरेको वीनकुमारी स्मृति खुल्ला रनिङ् शिल्ड प्रतिष्ठानले जनाएको छ ।

विजेता तथा उपविजेतालाई स्थानीय समाजसेवी तोरण गुरुङ्ले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा उनले ग्रामीण विकास र पर्याटन प्रवद्र्धधनमा खेलकुद को मुख्य भूमिका रहने भएकोले युवाहरुको जाँंगरलाई विकासमा वदल्न पनि खेल आयोजनाको आफ्नै महत्व रहेको बताए । यस अघि माघ १६ गते खेलकुदको उद्घाटन विद्यार्थी नेता कृष्णराज दाहालले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button