मैत्रिपुर्ण फुटसल उपाधि मोवाइल वितरक संघलाई

पोखरा-

पोखरामा पहिलो पटक आयोजित मैत्रीपूर्ण संस्थागत फुटसल प्रतियोगिताको उपाधि मोवाइल वितरक संघले जितेको छ ।

फूलबारी स्थित टपकर्नर फुटसलमा आइतबार भएको फाइनलमा पृथ्वीराजमार्ग बस संचालक समितिलाई ५–३ गोलअन्तरले पराजित गर्दै संघले उपाधिसहित नगद १५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र पाएको हो । उसले यसअघि युआरएल, नेपाल पर्यटन बोर्डको चुनौती पन्छाउँदै फाइनल भिडेको हो ।  उपविजेता पृथ्वीराजमार्गले १० हजार र तेस्रो भएको बुद्ध विशाल बजारले पाँच हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो । प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ए समूह अनुसासित टीम घोषित भयो ।  पर्यटन, खेलकुद र सञ्चार पोखरा प्रबर्द्धनको  मूल आधार भन्ने नाराका साथ  विभिन्न संघसंस्था बीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले पोखरा न्यूज डटकमले आयोजना गरेको उक्त प्रतियोगितामा १५ टिमले भाग लिएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए ।

विजयीलाई समापन समारोहमा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल पर्यटन बोर्डका पश्चिमाञ्चल प्रमुख उदय भट्टराई, युनाइटेड क्लब अध्यक्ष सुकबहादुर गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य, आइस हक्की संघका जिल्ला उपाध्यक्ष सूर्य श्रेष्ठ, खेलकुद पत्रकार मंचका कास्की अध्यक्ष केशव पाठक, हङकङ व्युटी इन्स्टिच्युट प्रालि, क्लारा इन्टरनेश्नल, स्पाः एण्ड व्युटी कलेजका प्रवन्ध निर्देशक प्रजित गुरुङ, पृथ्बीराजमार्ग वस संचालक समितिका महासचिव योगेन्द्र केसी, पत्रकार एमबी आस्था, जिवन सुवेदी, डब्लुडब्बुजेका जिल्ला अध्यक्ष सरिता तिमिल्सिना, आयोजक पोखरा न्यूज डटकमका सम्पादक  गणेश बराल लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यसैबीच, आइतबार भएको सेमीफाइनलमा पृथ्वीले बुद्धलाई र मोवाइल वितरक संघले क्षेत्रीय अस्पतालको टिमलाई पराजित गर्दै अन्तिम चारमै रोकेका थिए । तेस्रो स्थानका लागि भएको खेलमा बुद्धले क्षेत्रीय अस्पतालमाथि ८–४ को गोलअन्तर कायम गरेको थियो । यस्तै डब्बुडब्बुजेले संचारिका समूह पश्चिमांचललाई मैत्रीपूर्ण खेलमा ट्राइब्रेकरमा १–० ले हराएको थियो ।  दुईदिनसम्म चलेको उक्त प्रतियोगिता उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसीले उद्घाटन गरेका थिए । उद्घाटन अवसरमा मोडर्न इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीलाई पर्यटन सम्मान दिइएको थियो । खेलमा विभिन्न संघसंस्थाको सहभागिताले खेल रोमाञ्चक बनेको दर्शकले बताए । एक टिममा ५ खेलाडी रहने उक्त प्रतियोगिता २४ मिनेटमा खेलाइएको थियो । आगामी वर्ष पनि खेललाई निरन्तरता दिइने प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।

खेलमा मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ र झ्यामोलोङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करुवा हाइड्रोपावरले गरेका थिए भने उप–प्रायोजकमा हङकङ व्युटी इन्स्टिच्युट प्रालि, क्लारा इन्टरनेश्नल, स्पाः एण्ड व्युटी कलेज र सहयोगीमा पोखरा टे«डिङ कन्सर्न, नेपाल पर्यटन बोर्ड, ओजन डिस्को क्लब, मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालि, नेपाल हवाइ खेलकुद संस्था (ना), पोखरा उपमहानगरपालिका कार्यालय, टप कर्नर फुटसल, युनाइटेड क्लब, रिजनल हस्पिटल (मेडिकल सहयोग), होटल जलमहल, इको पानी लगायत थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button