मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक

पोखरा –
पोखरामा शनिबार देखि संचालन हुन लागेको मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनीक भएको छ ।

१५ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेल प्याव्सन कास्की र पृथ्बीराजमार्ग वस संचालक समिति विच हुने भएको आयोजक पोखरान्यूज डटकमले जनाएको छ । पोखरान्यूज डटकमका संचालक गणेश बरालका अनुसार शनिबार पहिलो तथा दोश्रो चरणका गरी १० वटा खेल हुने भएको छ ।

समुह ए मा पृथ्बीराजमार्ग वस संचालक समिति, प्याव्सन कास्की, पश्चिमाञ्चल क्षेत्रिय अस्पताको समुह बी, नेपाल खेलकुद पत्रकार मञ्च कास्की, सुनचाँदी व्यावसायी समिति, बुद्ध विशाल बजार नाट्टा पोखरा र ओम डेभलपमेन्ट बैंक परेका छन । त्यसै गरी समुह बीमा पश्चिमाञ्चल क्षेत्रिय अस्पताको समुह ए, जगदम्वा ट्राभल्स, एबीसी टेलिभिजन, रेडियो अन्नपुर्ण, मोवाईल वितरक संघ, युआरएल र नेपाल पर्यटन वोर्ड रहेको संयोजक दीननाथ बरालले बताए । नेपाल पर्यटन वोर्ड वाईमा परेको छ ।

त्यसै गरी आईतबार महिला पत्रकारहरुको संस्था डव्लु डव्लु जे र पश्चिमाञ्चल सञ्चारीका समुह विच मैत्रिपुर्ण खेल हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button