पोखराको फुलबारी रिसोर्ट बन्दले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर- एनटिपीसी

पोखरा –

पोखराको फुलबारी रिसोर्ट बन्दले समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको राष्ट्रिय पर्यटन प्रबर्धन समिति (एन.टि.पी.सी.) पश्चिमांन्चलले जनाएको छ ।

पोखरामा मात्र नभई देश बिदेशमा समेत नाम बनाएको तथा पोखराको पर्यटन संग प्रत्यक्ष सरोकार राख्ने होटल करिब एक महिना बन्द हुदा यसले समग्र पोखरा तथा पर्यटन क्षेत्रलाई नकारात्मक असर पारेको समितिले जनाएको छ ।

समितिको तर्फबाट पश्चिमाञ्चल क्षेत्रिय संयोजक गोविन्दराज पहारीद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा रिसोर्ट बन्द हुनु आन्तरिक कारण भएतापनि यसले समग्र पर्यटन क्षेत्रमै नकारात्मक प्रभाब पारेको छ, भनिएको छ  ।

समितिले विज्ञप्ति मार्फत होटल बन्दवाट देश, बिदेशमा नकारात्मक सन्देश फैलिएको भन्दै यस्तो अवस्थाको तत्काल अन्त्य गर्न यथासक्य छिटो कदम चाल्नको लागी सम्बन्धित निकाय समक्ष जोडदार माग समेत गरेको छ ।

कर्मचारी आन्दोलनको कारण उक्त रिसोर्ट गत फागुन १५ गते देखि बन्द भएको छ ।

यस्तो छ विज्ञप्ती

 

प्रेस विज्ञप्ती

नेपालकै प्रमुख पर्यटकीय सहर पोखराको पर्यटन भूकम्प र नाकाबन्दी पछि सोचेजस्तो रुपमा अगाडी बढ्न सकिरहेको छैन । भूकम्प र नाकाबन्दीको असरका बाबजुत पनि पोखरामा पर्यटकीय पुर्वाधार निर्माण कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ । पर्यटन ब्यबसायीले होटल, रेस्टुरेन्ट, लगाएतका पर्यटन पूर्वाधारमा दिनानुदिन लगानी थपिरहेका छन् । पोखराको पर्यटन लाइ पुरानै अवस्थामा फर्काउनको लागी भन्दै पर्यटन ब्यबसायी लगायत समग्र पोखरेलीहरु लागीपरिरहेका छन् । यहाँको  पर्यटन व्यवसायले सकारात्मक सन्देश फैलाउदै आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न चाहिरहेको छ ।

यसै सन्दर्भमा पोखराको पाँच तारे होटल फुलबारी रिसोर्ट करिब एक महिना देखि बन्द भएको छ । पोखरामा मात्र नभई देश बिदेशमा समेत नाम बनाएको तथा पोखराको पर्यटन संग प्रतक्ष्य सरोकार राख्ने होटल यति लामो समय बन्द हुदा यसले समग्र पोखरा तथा पर्यटन क्षेत्रलाई नकारात्मक असर पारेको छ । देश संक्रमणकालको अवस्थामा गुज्रिरहेको बेलामा कतिपय राजनैतिक तत्वले गर्ने गरेका बन्द हडतालका कारण पर्यटन आफै प्रभावित भइरहेको बेला होटलको आफ्नो आन्तरिक विवादका कारण महिना दिन सम्म सेवा ठप्प पार्ने कार्य आफैमा दुखद छ ।

भूकम्प र नाकाबन्दीवाट खस्केको पोखराको पर्यटनलाई माथि उकास्न जति सक्दो राम्रा प्रबर्द्धनात्मक क्रियाकलाप संचालन गर्नुपर्ने स्थितिमा बिभिन्न बहानामा भएको होटल बन्दले नकारात्मक प्रचारबाजी लाई प्रसय पुगेको र यसले पोखरा लगायत देशकै पर्यटन क्षेत्रलाइ असर पारेको राष्ट्रिय पर्यटन प्रबर्धन समिति (एन.टि.पी.सी.) पश्चिमांन्चलको ठहर छ । होटलमा देखिएको समस्यालाई समाधान गर्न होटल ब्यबस्थापन पक्ष, कर्मचारी तथा सरोकारवालाहरु सबैले  सुझबुझपूर्ण निर्णय गर्न जरुरि छ ।

अन्त्यमा रिसोर्ट बन्द हुनु आन्तरिक कारण भएतापनि यसले समग्र पर्यटन क्षेत्रमै नकारात्मक प्रभाब पारेकोले यस्तो अवस्थाको तत्काल अन्त्य गर्न यथासक्य छिटो कदम चाल्नको लागी सम्बन्धित निकाय समक्ष एन.टि.पी.सी पश्चिमांन्चल जोडदार माग गर्दछ ।

    गोविन्दराज पहारी

 पश्चिमाञ्चल संयोजक

राष्ट्रिय पर्यटन प्रबर्धन समिति

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button