पोखराको फुलवारी रिसोर्ट २५ दिन देखि ठप्प

डीएनबी, पोखरा –
पर्यटकिय नगरी पोखराको पाँच तारे होटल फुलबारी रिसोर्ट विगत २५ दीन देखि ठप्प भएको छ । कर्मचारी आन्दोलनको कारणले फागुन १५ गते देखि उक्त रिसोर्ट ठप्प भएको रिसोर्टका जनरल म्यानेजर राम क्षेत्रिले बताए । कर्मचारीलाई तलव दिने बिषयमा ब्याबस्थापन पक्षसंग छलफल हुदै गर्दा दुई महिना देखि तलव नपाएका कर्मचारिहरुले कामै छाडेर आन्दोलनमा उत्रिएकोले रिसोर्टकोे सेवा हाल प्रभावित भएको उनले बताए ।

कर्मचारिहरुको दुई महिनाको तलव रोकिएकोले एक महिनाको दिन्छौं भन्दा भन्दै कर्मचारिहरु कामै छाडेर आन्दोलनमा उत्रिएकोले रिसेर्ट संचालनमा समस्या आएको जनरल म्यानेजर क्षेत्रीले बताए । काठमाण्डौंको सिनामंगलमा रहेको कार्यालयबाटै आर्थिक कारोवार हुने भएकोले स्थानिय रुपमा कार्यरत कर्मचारिहरुलाई समयमै तलव भक्ता खुवाउन नसकिएको बताईन्छ । कर्मचारिहरु काममा फर्कियको खण्डमा पर्यटकहरुको पछिल्लो क्रममा राम्रो हुदै आएकोले ढिलो चाँढो तलव खुवाउन सकिने क्षेत्रिले बताए । पछिल्लो क्रममा मासिक करिब ४० लाखको उक्त रिसोटमा कारोवार भएको थियो भने रिसोर्टमा हाल करिब १ सय ४० जना कर्मचारी रहेका छन । पर्यटकको सिजनमा कर्मचारी आन्दोलनले गर्दा एक सय ६५ रुमहरु रहेको उक्त रिसोर्टमा बस्न भनेर आएका धेरै पाहुनाहरु सेवाबाट प्रभावित भएको क्षेत्रीले बताए ।
रिसोर्ट व्यबस्थाप पक्षबाट श्रम कार्यालयमा भएको एक चरणको वार्ता तथा छलफलबाट समेत निष्कर्ष निकाल्न नसके पनि उक्त रिसोर्ट अझै कति दिनसम्म ठप्प हुने हो अन्यौलमा रहेको एक कर्मचारी दील बहादुर छुमीले बताए । उनका अनुसार आफहुरुले तलव, भक्ता, संचयकोष, सर्भिस चार्ज, मजदुरकोष लगायतका माग राख्दै जादा व्याबस्थापन पक्ष गम्भिर नभएकोले कर्मचारी आन्दोलन हुदा रिसोर्ट ठप्प भएको हो । काग्रेंस निकट मजदुर संगठनका नेता समेत रहेका छुमीले भने संस्था रहे पो हामी अनि हाम्रो सेवा सुविधा हुन्छ, हाल मिलेसम्म मिलायर अघी बढौं भन्दा केहि साथिहरुको अडानको कारणले गर्दा रिसोर्ट लामो समय देखि ठप्प हुन पुगेको हो,यो अmभै कति दीन ठप्प हुने हो अन्यौल छ । ”
काग्रेंस निकट मजदुर युनियनका नेता दील बहादुर छुमी, माओबादी केन्द्र निकट कर्मचारी युनियनका नेता सुक बहादुर गुरुङ र एमाले निकट कर्मचारी युनियनको तर्फबाट संयुक्त रुपमा आफुहरुले आन्दोलन गरेको एमाले निकटका मजदुर नेता सालिकराम सिल्वालले बताए । आफुहरुले विगत दुई महिना देखि नपाएको तलव र २६ महिना देखि संचयकोषमा नराखेको रकम माग गर्दा रिसोर्ट संचालन गर्ने व्याबस्थापकले व्यवास्था गरेकोले आफुहरु फागुन १५ देखि आन्दोलनमा उत्र्रिएको सिल्वालले बताए । उनले भने “ रिसोर्ट संचालन गर्ने हो भने हाम्रो पाकेको तलव दिनुस र हामीलाई काममा फर्किने वातावरण मिलाउनु होस, अन्यथा रिसोर्ट वन्द नै गर्ने हो भने हामीले पाउनु पर्ने सेवा सुविधा दिनुहोस र हामीलाई विधा दिनुहोस ।” माओबादी केन्द्र निकट कर्मचारी युनियनका नेता सुक बहादुर गुरुङले आफुहरुको पाकेको तलव भक्ता कम्तिमा पनि ५० प्रतिशत रकम भुक्तानि नगरी पुनः काममा फर्किन नसक्ने बताए । १९ बर्ष देखि उक्त रिसोर्टमा काम गर्दै आएका सिल्वालले कर्मचारी अन्दोलनको कारणले बढीमा एक साता भन्दा बढी ठप्प नभएको व्यहोरेकोमा यसपाली भने ईतिहास वोकेको रिसोर्टमा तीन साता भन्दा बढी बन्दा हुदा पनि अझै खुल्ने कुनै सुरसार नभएकोमा चिक्ता व्यक्त गरेका छन । उनले भने “यसबाट पर्यटकहरुलाई नकरात्मक सन्देश प्रवाह हुनेछ, त्यसको लागि रिसोर्ट प्रशासनले समयमै तलव दिनु पर्यो । ” आफ्ना मागका सम्बन्धमा विगत एक वर्षदेखी व्यवस्थापन समक्ष पटकपटक पत्राचार गरेपनि वेवास्ता गर्दै आएको कर्मचारीको गुनासो छ ।

कर्मचारीहरुले हाल खाईपाई आएको सेवासुविधानमा समयानुकुल वृद्धि, हुनुपर्ने, बाँकी दुई महिनाको तवल, २६ महिनाको संचयकोष, १४ महिनादेखीको सर्भिसचार्ज, ७ वर्षदेखीको मेडिकल इन्सुरेन्स, सामाजिक सुरक्षा कोष वापत कट्टि १ प्रतिशत रकम लगायतको भुक्तानी यथासिघ्र हुनु पर्ने माग राख्दै आएका हुन । यस बिषयमा पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखराको राम्रो होटलमा कर्मचारी आन्दोलनले तीन साता बढी वन्द हुनु दुखः लाग्दो कुरा भएको बताए । उनले भने “ हामीले रिसोर्ट संचालनको लागि मध्यस्थताको रुपमा काम गर्न खोज्दा रिसोर्ट प्रशासनले आन्तरिक मामिला भएकोले आफै मिलाउने आश्वासन दिएकोले हामीले केहि गर्न सकेनौं । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button