वैशाखदेखि मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य हुने

पोखरान्युज-

वैशाखदेखि उपभोक्ताले लोडसेडिङको समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत् कटौती गर्न छाडेको नेपाल विद्युत् प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रूपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे । मंगलबार प्राधिकरणमा सञ्चारकर्र्मीहरूसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरेका हुन्  ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले देशभर ‘पिक आवर’ को लोडसेडिङ हटेको हुनाले अब प्राधिकरणको ध्यान निर्माणाधीन आयोजना सम्पन्न गर्न र काठमाडौंका ट्रान्सफर्मर अपग्रेडिङमा जाने जानकारी दिए । उनका अनुसार अहिलेका काठमाडौंका ट्रान्सफर्मर ४ सय मेगावाट क्षमताका छन् । यसलाई अपग्रेड गरेर हजार मेगावाट बनाउने योजना प्राधिकरणको छ ।

यसअघि काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घण्टा विद्युत् कटौती गर्दै आएको थियो । अब पिकआवरमा देशभर नै लोडसेडिङ नहुने घिसिङले बताए ।

१० कक्षाको बोर्ड परीक्षाको अवसर पारेर देशभरबाट लोडसेडिङ हटाउने परीक्षण सफल भएपछि विद्युत् कटौतीको समस्या नदोहोरिने निष्कर्षमा प्राधिकरण पुगेको हो ।  आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button