गण्डकी विकास बैंक तेह्रौं बर्षमा प्रवेश

पोखरा-

पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक आज माघ १२ गतेका दिन आफ्नो स्थापनाको बाह्रौं वर्ष पुरा गरी सफलतापुर्वक तेह्रौं बर्षमा प्रवेश गरेको छ । उक्त अवसर पारेर बंैकले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसै अवसर पारी बैंकले केन्द्रीय कार्यालय पोखराको प्राङ्गणमा रक्तदान जिवनदान भन्ने मूल नाराका साथ रक्तदानको कार्यक्रमको आयोजना गरेको थियो ।

बैंकका अध्यक्ष पद्य प्रसाद पौडेलद्धारा बैंकका संचालक बासुदेव त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ भएको सो कार्यक्रममा बैंकका कर्मचारीहरु, संस्थापक एंव सर्वसाधरण शेयरधनी, ग्राहकवर्ग र एवं अन्य प्रभुत्व ब्यत्तित्वहरुवाट रक्त दान गरी कुल ३८ युनिट रगत संकलन भएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएका बरिष्ठ न्युरो सर्जन प्रध्यापक डाक्टर उपेन्द्र देवकोटाले बैंकले बाह्रौं बर्ष सम्म सफलतापुर्वक कारोवार गरी वित्तीय क्षेत्रको विकासमा टेवा पु¥याकोमा खुसी व्यक्त गर्दे भावि दिनहरुमा अझ सशक्त रुपमा अघि बढोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमा अतिथिको रुपमा फेवा विकास बैंकका अध्यक्ष विन्दु कुमार थाप र प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बर्जचार्यको पनि उपस्थिति रहेको थियो ।

सोहि अवसर पारेर बंैकले पोखरा उपमाहनगरपालिका वाडा नंं १८ बाच्छीवुडुवा स्थित वात्स्यायन बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई कम्बल तथा खाद्यन्न सामाग्री वितरण गरेको छ । सो कार्यक्रममा बैंकका संचालक समिति सदस्य एवं प्रमुख कार्यकारी अधिकृत र कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष पद्य प्रसाद पौडेलले सामाजिक उत्तरदायित्व वहन गर्दे यस्ता कार्यक्रमहरु गर्न पाउदा खुसि लाग्ने र सम्पुर्ण बैंक परिवारमा सन्तुष्टी प्राप्त हुने कुरा व्यक्त गर्नुभयो । सोही कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न प्रयत्नशिल रहेको र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिवद्धता जनाउनु भएको थियोे ।

बैंकले चालु आ.व.को पौष मसान्त सम्ममा रु ५ अर्व ८७ करोड निक्षेप संकलन गरी रु ५ अर्व १९ करोड कर्जा लगानी गरेको छ । सोही अवधिमा रु १४ करोड ६६ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व.को सोही अवधि भन्दा ६२ प्रतिशतले वढी हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button