घाचोक महोत्सवमा दर्शकको बाक्लो उपस्थिति

पोखरा-
कास्कीको घाचोकमा  जारी  घाचोक महोत्सवको दोस्रो दिन दर्शकको उपस्थिति वाक्लिएको  छ ।  महोत्सबमा शनिवार बिदाको दिन भएकाले  पोखरा तथा आसपासका ठाउँहरुवाट  दर्शकको उल्लेख्य उपस्थिति रहेको हो  ।

घाचोक जाऔँ दुध र वदामका परिकारका साथमा रमाऔँ भन्ने नाराका साथ आयोजित महोत्सवमा बदाम किन्ने र बदामका परिकारहरु खान लाईनै लागेको थियो । महोत्सवमा  बदाम र वदामका परिकाहरु भएको स्टलहरुमा दर्शकहरुको विशेष आकर्षण रहेको थियो । महोत्सवमा शनिवार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए  ।  दोहोरी गायक चोलेन्द्र पौडेल, सन्तोष सुवेदी, रामजी पौडेल, माया गुरुङ्गले लगाएतले आआफ्नो प्रस्तुतीका साथमा महोत्सबको माहोल तताएका  थिए ।

शनिवारनै खुल्ला रत्यौली प्रतियोगिता  भएको आयोजक संस्थाका अध्यक्ष मौसम कार्कीले जानकारी दिए । आईतवार लोक दोहोरी गायक जिवन दाहाल, राजु परियार, तुलसा जिसी, लगायतका कलाकारको प्रस्तुती रहने आयोजक सस्थाका  उपाध्यक्ष विजय लम्सालले जानकारी दिए । महोत्सवको शुक्रवार वाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरेका थिए ।

परिर्वतनको लागि युवा सञ्जाल(युनेक) नेपालको आयोजनामा भएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button