पोखराको गण्डकी मेडिकल कलेजमा पत्रकारलाई ५ देखि शतप्रतिशत छुट

पोखरा न्युज –
नेपाल पत्रकार महासंघमा आवद्ध देरै भरीका पत्रकारहरुलाई पोखराको नयाँ बजारमा रहेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले बिशेष छुट दिने भएको छ ।

आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी हस्पिटलले न्युनतम ५ देखि शतप्रतिशतसम्म देशै भरीका महासघंमा आवद्ध पत्रकारहरुलाई छुट दिने गरी सम्झौता गरेको हो । हस्पिटलले पत्रकारहरुको लागि एक बर्षसम्म विषेश छुट दिने भएको छ । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनाल र महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ बिच आगामी एक बर्षसम्मको लागि करार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

सम्झौता पत्रमा उल्लेख भए अनुसार महासंघले प्रदान गरेको परिचयपत्रको आधारमा देशी भरीका कुनै पनि पत्रकारलाई हस्पिटलले विषेश छुट दिने भएको हो ।फार्मेसी, टेण्टल, सिटी÷एमआरआई गर्दा ईसिजी,ईण्डोस्कोपी,कोलोनोस्कोपी÷ईसिएचओमा ५ प्रतिशत छुट दिने र जनरल वेडमा शतप्रतिशत अर्थात निशुल्क सेवा दिने भएको खनालले बताए । उनका अनुसार ल्याप टेसमा २५ प्रतिशत, यूएसजी÷एक्स–रेमा २० प्रतिशत, ओटी चार्ज २० प्रतिशत, ओपीडी ईमर्जेन्सी टिकटमा ५० प्रतिशत छुट, क्याविन वेडमा पनि ५० प्रतिशत छुट दिने गरी दुवै पक्ष बिच आगमी २०७५ असार ३ गतेसम्मको लागि सम्झौता भएको हो । आगामी बर्षमा पुनः नयाँ ढंगले अझ फराकिलो दायरा पार्दै छुट सहित अन्य संचारकर्मीहरुलाई समेत सेवा दिने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए ।

नेपाल पत्रकार महासंघका काडधारी पत्रकारलाई बिशेष छुट दिएकोमा खुसि व्यक्त गर्दै महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले हस्पिटलको एक बर्षको करार सम्झौताले अर्को बर्ष नयाँ केही थप सुविधा विस्तार हुने विश्वास व्यक्त गरे । उनले भने “ पत्रकारलाई छुट दिएको नाममा हस्पिटलमा रहेको नकरात्मक कुरालाई बाहिर ल्याउन कसैले रोक्दैने, विवादित समाजार लेख्दा सम्बधित हस्पिटल प्रशासनको पनि भनाई समेटेर लेख्न म आग्रह गर्दछु । ” पत्रकार प्रकाश ढकालको उचारमा हस्पिटलले उदाहरणिय रुपमा सेवा सहितको सहयोग गरेको श्रेष्ठले धन्यवाद समेत प्रदान गरे ।

हस्पिटलमा हाल ५ सय ५० शैया वेड पुगेको छ । हस्पिटलमा २० शैयाको आईसियू, ५ शैयाको एसआईसियू, १० शेयाको पोष्ट अप, ८ शैयाको पिआईसियू, २१ शैयाको एनआईसियू तथा ४४ शैयाको बिशिष्ट क्याविन स.चालनमा रहेको खनालले बताए । हस्पिटलमा हाल दैनिक जसो ७ सय जना सेवाग्राहिहरु आउने गरेको उनले जनाए । सन २०१० बाट प्रत्येक बर्ष ७५ जना एमबीबीएस मा पढ्दै आएकोमा दोश्रो व्याचमा ६० जनाले ईन्टनशिप गरिरहेको हस्पिटलले जनाएको छ । यसै शैक्षिक सत्रदेखि हस्पिटलले बीडीएस, बी एस्सी नर्सिङ, बी एन, बिपिएज, बी एस एम एल टी तथा बी एस एम आईटी का शैक्षिक कार्यक्रम थप गर्ने योजनामा रहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा योजना अनुसार हस्पिटलले समेत सेवा दिन अनुमति लिन लागेको उनले जनाए ।

हस्पिटलले नेपाल भरीका संचयकर्तालाई र त्रिभुवन विश्व बिद्यालयका बिद्यार्थी कल्याणकारी कोषसंग सम्झौता बिषेश छुट सहित सेवा दिदै आएको खनालले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button