मुग्लिङमा रात्रि वसबाटै २५ तोला सुन चोरी

पोखरा-
काठमाण्डौं देखि पोखरा आउदै गरेको रात्रिकालिन वसबाटै मुग्लिङमा आज (बुधबार) मध्यराती साँढे १२ बजेको समयमा २५ तोला बराबरको सुनका गर गहना चोरी भएको छ ।

पोखरा १३, कोलपाटनचोककी ५५ बर्षीया देउता कुमारी गुरुङको २५ तोला बराबरको सुनका गरगहना मुग्लिनमा रात्रि कालिन वस रोकेको अबस्थामा झोलामा सिरानी गरेर राखेको उक्त सुन चोरी भएको उनका श्रीमान बुद्धि बहादुर गुरुङले बताए । ना ४ ख ३६९३ नम्वरको रात्रि कालिन वसमा श्रीमान श्रीमती सहित पोखरा आउदै गर्दा मुग्लिङमा वस आराम गर्न रोकेको अबस्थामा नाटकीय ढंगबाट सिरानी गरेर सुतेको अबस्थाको झोलामा रहेको सुन चोरी भएको बुद्धि बहादुरले बताए । उक्त रात्रि कालिन वसमा चालक र सहचालक बाहेक ३ जना मात्र यात्रु रहेको उनले बताए । मुग्लिङमा करीब राति १२ः२० मा वस रोके पछि चालक र सहचालक चिया खान झरे पछि उनीहरु झरेको करीब १० मिनेट पछि दुई जना व्यक्तिहरु गाडीमा आएर यो गाडी कहाँ जाने हो भन्दै भित्र पसेर एक छिन वसेर बाहिर निस्केको बुद्धि बहादुरले पोखरान्युजडटकम लाइ  बताए । एक छिन पछि पुनः अर्को एक अग्लो कदको रातो कमिज र चप्पल लगाएको व्यत्ति वस भित्र छिरेर यो गाडी कहाँ सम्म जाने हो भन्दै भित्र एक छिन वसेर एक छिन पछि आउनु पर्ला भन्दै हिडेको करीब १० मिनेट पछि देउता कुमारीले सिरानीमा राखेको झोला हराएको उनलाई थाहा भएको हो । गाडी रोकेको अबस्थामा पहिला दुई जना चढेर झरे पछि बुद्धिबहादुरले गाडीको ढोका लगाएर भित्र वसेको अबस्थामा एक छिन पछि अर्को व्यक्ति गाडीमा आफै ढोका खोलेर छिरेको बुद्धि बहादुरले बताए ।

गाडी खाली खाली भएको हुनाले आफुहरु छुट्टा छुट्टै सिटमा सुत्ने ढंगले दुई÷दुई सिट रिर्जव गरी आएको अबस्थामा बी साईडको ३ र ४ सिटमा देउता कुमारी वसेकी थिईन भने उनका श्रीमान अर्को सिटमा सवेका थिए । उक्त गाडीले नियम विपरित कुखुराको चल्ला वस भित्र ल्याएको यात्रुले गुनासो गरे । सहचालक बिष्णु पौडेललाई मुग्लिङ प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने उक्त वस  पोखरा आएको छ ।

राया ८ तोला, पैसा वाला औठी १ तोला, वेरुवा औठी १ तोला, काना लगाउने चारलीङ टप ३ तोला, ज्वली १ तोला, नौ गेडी तिन तोला, तिलौरी १ तोला, सिक्री ४ तोला, वच्चाले लगाउने रिङ आधा तोला गरी साँढे २५ तोला सुनका गरगहन चोरी भएको उनकी छोरी शिला गुरुङले बताईन । वेलायतबाट आएका आमा बाबु काठमाण्डौंबाट पोखरा रात्रि कालिन वसमा आउदा चोरी भएको घटनाले गर्दा केहि वेर आमा अचेत अबस्थामा पुगेको उनले बताईन । साथै आमाको झोलामा रहेको १२ हजार नगद सहित ३ वटा लेडिज घडी र एउटा जेन्स घडी समेत चोरी भएको उनले बताईन । यस बिषयमा प्रहरीलाई सोध्दा ७५ जिल्लाबाट आउने ठाँउमा चोरी भएको भन्दै अनुसन्धान भई रहेको एक प्रहरी अधिकारीले बताए । पृग्वीराजमार्ग वस संचालक समितिद्धारा संचालित उत्त वसबाट सुन चोरी भएको घटनालाई आफुले समेत बढी निगरानी गर्ने समितिका महासचिव योगेन्द्र केसीले पोखरान्युजडटकम लाइ बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button