पोखरामा सूर्य नेपाल वेष्टन ओपन गल्फ प्रतियोगिता जारी

लयमा फर्किदै शिवराम

पोखरा-

नेपालकै नम्बर वान खेलाडी शिवराम श्रेष्ठ लयमा फर्किदा पोखरामा जारी सूर्य नेपाल वेश्टन ओपन गल्फ प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा अग्र स्थानमा आउन सफल भए ।

पोखरा मझेरीपाटनमा रहेको हिमालय गल्फ कोर्षमा दुई दिन भएको ३६ होलको खेलमा श्रेष्ठले १ सय ३७ अंक ल्याउदै अग्र स्थानमा रहेका हुन । उनले पहिलो दिनको खेलमा ७० को लेवल पार गरेका थिए भने दोश्रो दिनको खेलमा ३ अण्डर पार गर्दै लयमा फर्किएका हुन ।

त्यसै गरी त्रिभुवन आर्मी क्लवका धन बहादुर थापा दोश्रो स्थानमा रहेका छन । उनले दोश्रो दिनको खेलमा एक ओभरमा खेल्दै १ सइ ४१ अंकका साथ दोश्रो स्थानमा रहेका हुन । श्रेष्ठ भन्दा उनको ४ अंक फरक छ । भोलि सुक्रबारको बाँकी १८ होलको खेलले निर्णाय हुने भएको छ । गोकर्ण गल्फ क्लव काठमाण्डौंका भुवन नगरकोटीले बुधबार ७० लेवल पार गरे भने विहिबारको खेलमा २ ओभर पार गर्दै १ सय ४२ अंकका साथ तेश्रो स्थानमा रहेक । आर्मीका संजय लामा १ सय ७५ अंकका साथ चौथो, रोयल नेपाल गल्फ क्लव काठमाण्डौंका दिपक मगर पाँचौ र पोखराका भुवन गुरुङ १ सय ८६ अंकका साथ छैटौं स्थानमा रहेका छन ।

त्यसै गरी सौखिन (आमेचर गल्फर) हरु बिच भएको दोश्रो दिनको खेलमा पनि पोखराका कमल तामाङ अग्र स्थानमा रहेका छन । उनले ३ ओभर पारी गरी दोश्रो दिनको खेलमा पनि अग्र स्थानमा कायम राख्न सफल भए। तामाङले १ सय ४७ अंक ल्याएका हुन । त्यसै गरी काठमाण्डौंका मिथुन राई र युवराज भुजेल समान अंकका साथ दोश्रो स्थानमा रहे । उनीहरुको खातामा समान १ सय ५५ अंक रहेको छ । प्रतियोगितामा व्यवसायी २८ गल्फर र आमेचर तर्फ १३ जना खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगितामा सहभागि एक खेलाडी रमेश नगरकोटीले बताए । सुर्य टोवाकोको मुख्य प्रायोजन तथा नेपाल व्यावसायी गल्फ संघको आयोजनामा उक्त प्रतियोगिता पोखरामा भएको कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले बताए । प्रत्येक दिनमा १८ होल्डमा हुने उक्त प्रतियोगितामा विजेता हुने खेलाडीले एक लाख १० हजार पुरस्कार प्राप्त गर्ने भएको अपिसियल राम्जि राजभाटले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button