पराजुलीले आजै सम्हाले कार्यबाहक प्रधानन्यायाधीशको कार्यभार

काठमाडौं-

प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग लागेर निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन् । सोमबार सार्बजनिक विदा भएकाले आइतबार बेलुकी नै पराजुलीले कार्यबाहकको जिम्मेवारी सम्हालेको स्रोतले बतायो ।

सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ ।

यद्यपी हस्ताक्षरकर्ताले आफूहरुको हस्ताक्षर कीर्ते गरेको दाबी गर्दै आएका छन् । गृहमन्त्री विमलेन्द्र निधिले समेत महाअभियोगमा असन्तुष्टि जनाउँदै आजै राजीनामा दिएका छन् ।

स्रोत – अनलाइनखबर –    https://www.onlinekhabar.com/2017/04/578358/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button