गोरखामा जंगली जनावर घरमा, मान्छे बस्तीभन्दा पर गोठमा

पोखरा –
गोरखा आरुआर्बाङ ६ पाखुरेमा यतिबेला जंगली जनावर घरमा बस्दछन भने मान्छे बस्तीभन्दा पर गोठमा बस्ने गरेका छन् ।

करिब दुई वर्षअघि भूकम्पले बस्तीका घरहरु चर्काएर बस्न नमिल्ने भएपछि स्थानीयवासी बस्तीभन्दा पर गोठमा तथा बारीमा पाल टाँगेर बसेका छन् । गाउँलेले घर छाडेपछि अहिले बस्तीमा जंगली जनावरहरु बस्न थालेको आजको अन्नपूर्णपोष्ट मा खबर छ ।

‘हामी गोठमा बस्छौं, हाम्रो घरमा मुसा, बिराला, स्याल बस्छन्’, स्थानीय मनमाया गुरुङ भन्छिन्, ‘त्यत्रो गाउँ अहिले त चकमन्न छ ।’ गाउँलेहरू पाखापखेरामा गाईभैंसीको गोठमा सुत्ने बस्ने उनी बताउँछिन् । ‘हामी गाईबाख्रासँगै सुत्छौं’, गोठको ओछ्यान देखाउँदै उनी भन्छिन्, ‘गाउँचाहिँ मुसा, बिराला, स्याललाई भयो ।’

सानोपाखुरे र ठूलोपाखुरे सबै गुरुङ समुदाय मात्र बस्ने पुरानो गाउँ हो । परबाट हेर्दा यहाँका ८७ घर सबै ढुंगाले छाएका एकतले, दुईतले घर मिलेर बनेका छन् । तर भुइँचालोले गाउँलहरूको बास उठाएपछि अहिले सुनसान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button