सरकारी कर्मचारी कामै छाडेर एमालेको जुलुसमा ! मुख्यसचिव भन्छन्- कारवाही हुन्छ

२२ पुस-

राज्यकोषबाट तलबभत्ता खाने राष्ट्रसेवक कर्मचारीहरु नै कार्यालयमा बसेर नागरिकलाई सेवा नदिई पार्टीको जुलुस र शक्ति प्रदर्शनमा सहभागी भएका छन् । कर्मचारीहरु पार्टीको झण्डा बोकेर सडकमा निस्किएपछि राजधानीका सरकारी कार्यालयका सेवाग्राहीहरु प्रभावित भएका छन् ।

नेकपा एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी, शिक्षकलगायतका राष्ट्रसेवक कर्मचारीहरु कार्यालयको कामै छाडेर सहभागी भएका हुन् । उनीहरु एमालेको झण्डा बोकेर पेशागत महासंघ अन्र्तगतको ”नेकपा एमाले पेशागत बिशेष जिल्ला कमिटी” को ब्यानरमा जुलुसमा देखिएका छन् ।

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेल जुलुसको नेतृत्व गर्दै अग्रभागमा देखिएका छन् भने उनीहरुका पछिपछि सरकारी कर्मचारीहरु पार्टीका कार्यकर्ताजस्तै गरी लामवद्ध भएका छन् ।

मुख्यसचिव भन्छन्- सामान्य मन्त्रालयमा कुरा गर्छु, कारवाही हुन्छ

मुख्यसचिव सोमलाल सुवेदीले राष्ट्रसेवक कर्मचारीहरु दलको झण्डा बोकेर पार्टीको कार्यक्रममा सहभागी भएकोमा कारवाही गर्ने चेतावनी दिएका छन् ।

कर्मचारीहरु निजामति सेवा ऐनलाई आत्मसाथ गर्छु भनेर सेवामा आएका हुन्, त्यस्तो आचरण विपरीत काम गर्ने कर्मचारीलाई कारवाही हुन्छ । उनीहरुलाई आचरण विपरीत काम गरेवापत कारवाही गरिने मुख्यसचिवले बताएका छन् । उनले भने, मैलेको सहभागी भए देखेको छैन, यदि सहभागी भएको प्रमाणित भयो भने कारवाही हुन्छ । उनले यस विषयमा सामान्य प्रशासन मन्त्रालयसँग कुरा गर्ने समेत बताएका छन् ।

के छ निजामति सेवा ऐनमा ?

निजामति सेवा ऐनको आचरणसम्बन्धी महलमा कर्मचारीहरु राजनीतिक दलको सदस्य हुन पाइँदैन । यस्तै उनीहरुले दलका झण्डामा कुनै क्रियाकलाप गर्न पाउने छैनन् । त्यस्तो गतिविधिमा संलग्न भएमा उनीहरुलाई स्पष्टीकरण सोध्ने, सचेत गराउने र भविश्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने सम्मको व्यवस्था रहेको छ ।

स्रोत – अनलाइनखबर डटकम 

फोटो -रातोपाटी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button