पोखरामा हुण्डाईको नयाँ कार ग्राण्ड आई टेन

पोखरा-

पोखरामा विहिबार देखि हुण्डाईको नयाँ कार ग्राण्ड आई टेन (Grand i10) बजारमा आएको छ ।

पोखरा बुद्धचोकमा रहेको एल.आई.मोटर्स प्रा.लि.ले पोखरामा विहिबार एक समारोहका बिच उक्त गाडिको सार्वजनीक गरेको हो । नेपालको लागी हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.रहेको छ भने गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता एल.आई.मोटर्स प्रालि रहेको छ ।

कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठले उक्त गाडीको विहिबार एक समारोहका बिच सार्वजनीक गर्दै पोखरा क्षेत्रमा यसको बजार राम्रो हुने विश्वास व्यक्त गरे । उनले भने “ नेपालको नयाँ बर्षको अवसरमा हामीले आम ग्राहकहरुलाइ बिषेश सुविधाको प्याकेज ल्याएका छौं, एक बर्ष भित्रमा शुन्य व्याजदर फाईनान्सको व्यबस्था हुनेछ । ” ५० प्रतिशत रकम कार किन्दा ग्राहकले भुक्तानी गर्नुपर्दछ भने यो योजना करीब एक महिना मात्र चल्ने भएको श्रेष्ठले बताए । कारलाई विलसिताको रुपमा मात्र नबुझन उनले आग्रह गर्दै पछिल्लो क्रममा आवश्यकताको साधनको रुपमा प्रयोग भएको बताए ।

बजारको माग अनुसार ग्राहकको आकाँक्षालाई प्राथमिक्ता दियर नयाँ वोल्ड, स्टाईल्स २०१७ ग्राण्ड आई टेन, हाईटेक विशेषता सहितको डाईनेमिक स्टाईल लगायतको सेवा सुविधा भएको एल. आई. माटर्सका सेल्स अपरेसन ईन्चार्ज भीमसिंह खत्रीले बताए । उनका अनुसार धेरै सुविधा सम्पन्न भएको हुण्डाईको पछिल्लो पटक बजारमा आएको यस कारले धेरै ग्राहकको मन जित्न सफल हुने छ ।

अगाडीको भागमा नयाँ वम्पर र नयाँ रिफ्लेक्टर ले नयाँ ग्राण्ड आई टेनलाई अन्य कारको तुलनामा पृथक बनाएको खत्रीले जनाए । उनका अनुसार उक्त कार ६ वटा मोडलमा बजारमा उपलब्ध छ भने २६ लाख ९६ हजार देखि ३४ लाख ५६ हजार मुल्य बराबरका गाडीहरु बजारमा उपलब्ध छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button