युनाइटेड क्लवका आजिवन सदस्य गुरुङको दाहसंस्कार सम्पन्न

पोखरा-

युनाइटेड क्लवका आजिवन सदस्य दिपकमान गुरुङको मंगलबार दाहसंस्कार गरिएको छ । अमरसिंह चोक स्थित घरबाट निक्लेको सव ¥याली शान्तिपथ, गीता शान्तिमार्ग हुदै रामघाट स्थित बौद्ध सदनमा पुगी दाहसंस्कार गरिएको थियो ।

गत पुष २३ गते शुक्रबार पोर्चुगलमा निधन भएका दिपकमान गुरुङको मंगलबार पोखरा रामघाटमा रहेको वौद्ध अर्घौ सदनमा बौद्ध धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।

गुरुङको पार्थिव शरिरमा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल र युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले क्लवको झण्डा ओढाएर श्रद्धान्जली ब्यक्त गरेका थिए । श्रद्धान्जली ब्यक्त गर्दै संस्थापक अध्यक्ष हिमालय बख्रेलले गुरुङको निधनले क्लवमा अतुलनिय क्षती पुगेको वताए ।

त्यस्तै युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले रोजगारीको सिलसिलामा पोर्चुगलमा निधन भएका गुरुङले क्लवले स्थापना कालदेखिनै आयोजना गरेको पोखरा महोत्सवमा विभिन्न उपसमितीहरुमा रहेर काम गरेको र उनको निधनले क्लवमा ठूलो क्षती पुगेको वताए । गुरुङको निधनले क्लव मर्माहत भएको वताउदै उनको अभाव क्लवमा सधै खड्किरहने वताए ।

सो अवरमा अमरसिंह बासीको ठूलो उपस्थिती रहेको थियो । स्वर्गीय गुरुङको एक श्रीमती र दुइ छोरी छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button