बिहेको निम्तो मान्न शीतल निवासमा पुर्व राजा ज्ञानेन्द्र

पोखरा –

पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपतिको कार्यालयमा पाइला टेकेका छन्  । ज्ञानेन्द्र सोमबार मध्याहृन राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुशुमको विहेको निम्तो मान्नका लागी शीतल निवास पुगेका हुन् ।

विहेमा सहभागी हुन पुगेका  शाहले शीतल निवास पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपा अध्यक्ष कमल थापा, पशुपति समशेर राणा लगाएतसँग केहीबेर कुराकानी गरेका थिए । पूर्वराज शाह छोटो समयमै  शितलनिवासबाट बाहिरिएका थिए  ।

सोमबार पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष र राष्ट्रपति सुपुत्री निशाकुशुम बैबाहिक सम्वन्धमा गाँसिएका हुन्  ।

तस्बिर बरिष्ठ पत्रकार किशोर श्रेष्ठको फेसबुक वाट 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button