असिनापानीले पोखरा लगाएत कास्कीमा करोडौको क्षति

पोखरा-
कास्कीमा यस बर्ष परेको असिनापानीले करोडौंको वालिनालिमा क्षति पु¥याएको छ । बर्षको चैत महिनामा पर्ने गरेको असिनापानीले यस बर्ष कास्कीमा करोडौंको वालिनालिमा क्षति पुगेको कृषकहरु बताउछन ।

चैतको तेश्रो साता परेको असिनापानीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २९ अर्थात साविक लेखनाथ नगरपालिका वडा नम्बर १ स्थित तल्लो पट्नेरी क्षेत्रमा लगाएको तरकारी बालीमा करिब २० लाख मुल्य बराबरको क्षति पुगेको छ । एक जिल्ला एक घाँस उत्पादन कार्यक्रम अन्तर्गत खुलेको पट्नेरी सहकारी संस्थाका ९ घर परिवारले करीब १ सय ५० रोपनी क्षेत्रफलमा लगाएको घाँस तथा तरकारी बालीमा असिनापानीले क्षेति पु¥याउदा करिब २० लाख मुल्य बराबरको नोक्सान भएको सहकारीका अध्यक्ष धनबहादुर पुन मगरले पोखरा न्युज डटकम लाई बताए । यो त एक उदाहरण मात्र हो यस्ता सयौं कृषकहरु लगायको वालिनालिमा असिपापानिले क्षति पु¥याएको हो ।

जिल्ला कृषि विकास कार्यालय कास्कीले दिएको तथ्याङक अनुसार कास्कीमा यस बर्ष चैत महिनामा हालसम्म असिनापानिका कारण करिब ६ करोड ६२ लाख मुल्य बराबरको क्षति भएको छ । यस बर्षको चैत महिनाको ३, २० र २१ गते परेको असिनापानीले कास्कीमा मकै, तरकारी र सुन्ताला गरी मुख्य तीन वालीनालीमा क्षेती पु¥याउदा उक्त मुल्य बराबरको क्षति हुन पुगेको जिल्ला कृषि विकास कार्यालय कास्कीका कृषि प्रसार अधिकृत प्रकाश वस्ताकोटीले पोखरा न्युज डटकम लाई बताए । उनका अनुसार धम्पुस, हेमजा, पुरन्चौर, धिताल, लेखनाथ लगायतका क्षेत्रमा भएको वालिनालिमा असिनापानिले यस बर्ष नोक्सान गराएको हो ।

वस्ताकोटीका अनुसार चैत ३ गते परेको असिनापानीले करिब ४ करोड ४२ लाख मुल्य बराबरको वालिनालिमा क्षति पुगेको छ । कास्कीमा २ हजार ६ सय हेक्टरमा लगाईएको मकै खेति मध्य ३० प्रतिशत मकैमा क्षेती पुग्दा ३ करोड ९० लाख मुल्य बराबरको नोक्सान भएको कृषि प्रसार अधिकृत वस्ताकोटीले बताए । उनका अनुसार २ सय ६४ हेक्टर क्षेत्रफलमा लगाईएको तरकारी वाली मध्य करीब ६० प्रतिशत असिनापानीले क्षेती पु¥याएपछि करिब ५० लाख मुल्य बराबरको क्षति भएको हो ।

कास्कीमा एक हेक्टर क्षेत्रफलमा भएको सुन्तला खेतीमा करिब २० प्रतिशत क्षति पुग्दा २ लाख मुल्य बराबरको नोक्सान भएको उनले बताए । चैत २० र २१ गते पुनः लगातार परेको असिनापानीले २ सय हेक्टर मकैमा करिब ५० प्रतिशत क्षेती पु¥याउदा ७५ लाख मुल्य बराबरको नोक्सान भएको वस्ताकोटीले बताए । त्यसै गरी तरकारी वालीमा २० हेक्टरमा ६० प्रतिशतले नोक्सान पु¥याउदा ४२ लाख मुल्य बराबरको क्षति पुगेको उनले बताए । बर्खे आलु १५ हेक्टर क्षेत्रफलमा लगाईए पनि ६० प्रतिशत क्षेती हुदा ३१ लाख ५० हजार मुल्य बराबरको नोक्सान भएको उनले जनाए । सुन्तला खेतिमा असिनापानीले १२ लाख मुल्य बराबरको नोक्सान भएको वस्ताकोटीले जनाए ।

नेपाल सरकारले २०७० मा कृषि बिमा योजना ल्याए पनि त्यसको राम्रोसंग प्रयोग गर्न नसक्दा लाखौं कृषकहरु प्राकृतिक प्रकोप लगायतका कारणबाट क्षति हुदा त्यसबाट राहात पाउन सकेका छैनन। कृषि विमा प्रभावकारी ढंगले लागु हुन नसक्दा लाखौं कृषकहरुको मेहनत र परिश्रम एक छिन आउने हावा हुरी, असिनापानी लगायतका कारणले गर्दा स्वाँहा भएको छ । जनतामा सचेतनाको कमिले गर्दा बिमा योजना कान्वयनमा आउन निकै किठन भएको छ । यसमा बिमाङकको ५ प्रथितशत मात्र विमा रकम तिर्नुपर्दछ जसमा ७५ प्रतिशत सरकारले र २५ प्रतिशत कृषिकले किस्ता तिर्नुपर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button