असार दोश्रो साता देखि पोखरामा अन्तर बिद्यालय छात्र छात्रा ह्याण्डवल प्रतियोगिता हुने

पोखरा –

पोखरामा असारको दोश्रो साता देखि तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता २०७४ हुने भएको छ । बिद्यालय स्तरबाटै ह्याण्डव खेलको विकास र विस्तार गर्ने उद्धेश्यले आउदो असार ९ देखि १० र साउन ८ देखि ९ गतेसम्म पोखरामा संचालन हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डवल खिवसको अवसरमा नेपाल ह्याण्डवल संघको तत्वावधान र कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघ र कास्की जिल्ला ह्याण्डवल संघको सयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक क्याप्टेन जग बहादुर गुरुङले बताए । प्रतियोगितामा कक्षा १० सम्मका बिद्यार्थीहरु बिच लिगकम नकाउटका आधारमा संचालन हुने भएको छ । प्रतियोगितामा विजेता टिमलाई जनही १०÷१० हजार, उपविजेतालाई जनही ७÷७ हजार साथमा ट्रफी मेडल प्रमाण–पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा अनुसासित टीम, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप ट्रफी तथा प्रमाणपत्र वितरण गरिने भएको छ ।

ह्याण्डवल खेलको विकासको लागि काठमाण्डौंको एकता बुक्स डिष्ट्रिब्यूटर्स प्रा.लि.ले पुनः साथ दिएको छ । प्रतियोगितालाई एकता बुक्सले यस बर्ष रकम बृद्धी गरी तीन बर्षको लागि नयाँ सम्झौता समेत गरेको हो । यस अघिका दुई संस्करणमा समेत मुख्य प्रायोजक रहेको एकताले यस बर्ष एक लाख, अर्को बर्ष एक लाख २५ हजार र पाँचौं संस्करणको उक्त प्रतियोगितामा १ लाख ५० हजार रुपैया आर्थिक सहयोग गर्ने गरी एकता बुक्सका पब्लिक रिलेसन अपिसर संजय अधिकारी र बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीले सम्झौता पत्र मा शनिबार नै हस्ताक्षर गरेका हुन। प्रतियोगितामा छात्र तर्फ करिब २५ र छात्रा तर्फ २० टिमको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ।

नेपाल नेपाल ह्यान्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले सकरात्मक समाजको उत्थानको लागी खेलकुद आवश्यक भएको बताउदै उक्त प्रतियोगितालाई सफल पार्न १० हजार दिने घोषणा गरे । एकता बुक्सका पब्लिक रिलेसन अपिसर संजय अधिकारीले आगामी तीन बर्ष ह्याण्डवल खेलको लागी सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गर्दै उक्त प्रतियोगितालाई सफल पार्न आफ्नी कान्छि छोरी सफलता अधिकारीको शनिबार जन्म दिन परेको भन्दै १० हजार आर्थिक सहयोग गरे । नेपाल भुतपुर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष खडग बहादुर रानाभाटले नेपालमा ह्याण्डवल खेलको धेरै सम्भावना भएको बतादै अन्नपुर्ण वेस क्याम्पमा प्रचारको लागि ह्याण्डवल खेलको गतिविधी गर्न आग्रह गरे । कास्की जिल्ला विद्यालय ह्याण्डबल संघका अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ९५ हजार खर्च लाग्ने बिद्यालय ह्याण्डवल संघका सचिव खिम बहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button