पोखरामा शुक्रबार देखि अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता

पोखरा न्युज –

पोखरा रंगशालामा शुक्रबार देखि तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता २०७४ सुरु हुने भएको छ ।

काठमाण्डौंको एकता बुक्स डिष्ट्रिब्यूटर्स प्रा.लिले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक क्याप्टेन जग बहादुर गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा २३ बिद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत छात्र तर्फ करिब २२ र छात्रा तर्फ १८ टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगिता अन्र्तगत शुक्रबार विहानै देखि लिग चरणका खेलहरु हुने भएको बिद्यालय ह्याण्डवल संघका सचिव खिम बहादुर गुरुङले बताए । उनका अनुसार औपचारिक उद्घाटन खेल भने दिउसो १ बजे पछि हुने भएको छ।

प्रतियोगिता शुक्रबार र शनिबार त्यसै गरी साउन ८ देखि ९ गतेसम्म उक्त प्रतियोगिता संचालन हुने भएको बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । बिद्यार्थीहरुको अध्ययनलाई समेत मध्यनजर गरी खेल तालिका मिलाएको अधिकारीले जनाए । अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डवल खिवसको अवसरमा नेपाल ह्याण्डवल संघको तत्वावधान र कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघ र कास्की जिल्ला ह्याण्डवल संघको सयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विजेता टिमलाई जनही १०÷१० हजार, उपविजेतालाई जनही ७÷७ हजार साथमा ट्रफी मेडल प्रमाण–पत्र वितरण गरिने भएको छ ।

प्रतियोगितामा अनुसासित टीम, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप ट्रफी तथा प्रमाणपत्र वितरण गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button