अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता पोखरामा सुरु

उद्घाटन खेलमा गण्डकी आवासिय माविको विजयी सुरुवात,

पोखरा न्युज –

एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा पोखराको लामाचौरमा रहेको गण्डकी आवासिय माविले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार देखि सुरु भएको तेश्रो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगिता अन्र्तगत छात्रा तर्फको उद्घाटन खेलमा गण्डकीले एस.ओ. एस. हर्मन माईनर बिद्यालयलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै गण्डकीले बिजयी सुरुवात गरेको हो । गण्डकीको जितमा राष्ट्रिय खेलाडी आकृती गुरुङले ५ गोलको योगदान दिएकी हुन ।

तयसै गरी छात्रा तर्फ भएको खेलमा लिटिल स्टेप माविले सोसल पव्लिक स्कुललाई ४–० ले पराजित गरेको छ । अर्को खेलमा पि.के.जी.ले वेल नन एकेडेमीलाई २–० ले पराजित गर्यो। एस.ओ.एसले जे.सि.एलाई ४–० ले पराजित गर्दा अर्को खेलमा गण्डकी आवासिय माविले रत्न ज्योति माविलाई शुल्यका बिरुद्ध १२ गोलको बिशाल अन्तरले पराजित गर्यो । सरस्वती आवासिय बिद्याश्रमले रेन्वो एकेडेमीलाई ५–२ ले, माउण्ट अन्नपुर्णले वाक ओभरमा सहज जित दर्ता गर्यो । रिभडेल स्कुल प्रतियोगितामा सहभागि नभए पनि माउण्ट अन्नपुर्णलाई सहज जित हात परेको हो । पोखरा एकेडेमीले पोखरा लनर्स एकेडेमीलाई ११–२ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा ज्ञान ज्योतिले पि.के.जी.लाई एकतर्फी १० गोल बर्षाउदै जित हासिल गर्यो ।

त्यस्तै शुक्रबार छात्र तर्फ भएको खेलमा सत्य साई बिद्याश्रमले पि.के.जीलाई ७–४ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा अक्सपोर्ड स्कुलले वेल नन एकेडेमीलाई ८–६ को अन्तरले पराजित गरेको हो । कास्की मोडनाईजले बाल प्रभातलाई १२–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो ।

उक्त प्रतियोगिताको औपचारिक रुपमा पश्चिम पृतनाका पृतनापति जगदिशचन्द्र पोखरेलले राष्ट्रिय रेफ्रि पद्म नेपाली र विशाल बस्नेतलाइ वल हस्तान्तरण गरी गरे । कार्यक्रममा वोल्दै पृतनापति पोखरेलले पोखरामा विभिन्न यस्ता खेल गतिविधिले खेलाडी उत्पादनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सददस्य तेज बहादुर गुरुङले शुन्तराष्ट्रिय ओलम्पिक दिवस परेकोले विश्वका २ सय ६ देशमा विभिन्न खेलगतिविधि कार्यक्रमका साथ उक्त दिवस मनाइएको जनाए ।

उनले खेलकुदले व्यक्तिमा शान्ति र समृद्धि ल्याउन थप मद्धत पुग्ने जनाए । एकता बुक्स डिष्ट्रिब्यूटर्स प्रालिका पव्लिक रिलेसन अपिसर संजय अधिकारीले खेलकुदको विकासमा आफुहरुले सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गर्दै आगमी दिनमा यस्ता कार्यमा सहयोग गर्ने वचन दिए । बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

काठमाण्डौंको एकता बुक्स डिष्ट्रिब्यूटर्स प्रा.लिले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा २३ बिद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत छात्र तर्फ २२ र छात्रा तर्फ १८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक क्याप्टेन जग बहादुर गुरुङले बताए । प्रतियोगिता सुक्रबार र शनिबार त्यसै गरी साउन ८ देखि ९ गतेसम्म उक्त प्रतियोगिता संचालन हुने भएको बिद्यालय ह्याण्डवल संघ कास्कीका सचिव खिम बहादुर गुरुङले बताए ।

अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डवल खिवसको अवसरमा नेपाल ह्याण्डवल संघको तत्वावधान र कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघ र कास्की जिल्ला ह्याण्डवल संघको सयुक्त आयोजनामा उक्त प्रतियोगिता संचालन भएको हो। प्रतियोगितामा विजेता टिमलाई जनही १०÷१० हजार, उपविजेतालाई जनही ७÷७ हजार साथमा ट्रफी मेडल प्रमाण–पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा अनुसासित टीम, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप ट्रफी तथा प्रमाणपत्र वितरण गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button