पोखराको बाटुलेचौरमा ह्याण्डबल प्रतियोगिता जारी

पोखरा न्युज –

नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा हिमालय क्लव पोखरा बाटुलेचौर द्वारा आयोजित छात्र-छात्रा ह्याण्डबल प्रतियोगिताका दोश्रो दिनका खेलका हरु पनि जारी छन । मंगलबार सम्पन्न छात्र तर्फको खेलमा ह्याण्डबल प्रतियोगितामा माउन्ट अन्नपुर्ण मावी, अल्फा बोर्डिङ्ग, पोखरा किन्डर गार्डेन, लिटिल स्टेप मावी विजयी भएका छन ।

प्रथम चरणका खेलहरुमा माउन्ट अन्नपुर्णले स्टेप वाइ स्टेप लाई २१–८ ले, अल्फाले विन्दवाशिनी मावीलाई १८–१२ ले, पोखरा किन्डरगार्डेनले वेल नन लाई ९–३ ले र लिटिल स्टेपले अल्फालाई १२–११ गोल अन्तरले पराजित गरेका छन ।

यसै गरि छात्रा तर्फको खेलमा माउन्ट अन्नपूर्ण मावी, मनकामना वोर्डिङ्ग स्कुल, लिटिलस्टेप मावी, विन्दवाशिनी मावी र पोखरा एकाडेमी विजयी भएका छन ।

छात्रा तर्फ सम्पन्न खेलमा माउन्ट अन्नपुर्णले पोखरा लनर्सलाई ७–० ले, मनकामना ले अन्नपुर्ण मावी अर्मला लाई १२–११ ले, लिटिल स्टेपले स्टेप वाइ स्टेपलाई १६–० ले, विन्दवाशिनी मावीले गण्डकी वोर्डिङ्ग लाई २–१ ले र पोखरा एकेडेमी ए ले ग्लोवल कलेजियट लाई ३–१ गोल अन्तरले पराजित गरेका छन ।

क्लबका सचिव मोहनबहादुर थापाका अनुसार पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित मैदानमा सोमबारदेखि सुरु भएको बाटुलेचौर तीज मेलाका अवसरमा प्रतियोगितामा छात्रतर्फ १६ तथा छात्रातर्फ १५ टीमले सहभागिता जनाएका छन । ह्याण्डबल खेलमा छात्रछात्रा दुवै तर्फ विजेताले नगद १५ हजार शिल्ड मेडल प्रमाणपत्र, उपविजेताले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र, सेमिफाईनालिस्ट टोलीले नगद दुई हजार पाँच सय मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजन वाटुलेचौर स्थित पोखरा प्लाटेनियम एण्ड साइन्स सेन्टरले गरेको छ ।

भदौ आठ गतेसम्म हुने मेलामा विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, समूहगत तीज गीत तथा नृत्य प्रस्तुति, छेलो हान्ने, रस्साकसी, घैंटो फुटाउने, म्यूजिकल चेयर लगायतका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन् । मेलामा विभिन्न विभिन्न स्रष्टाहरूलाई समेत सम्मान गर्ने कार्यक्रम छ । महिला पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरिने अध्यक्ष जीवनारायण श्रेष्ठ जीवनले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button