१ करोड २० लाखको कारोबार गर्दै सकियो हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला

पोखरा-

कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला २०७३ शनिबार सम्पन्न भएको छ ।

मेला समापनका प्रमुख अतिथि व्यवस्थापिका संसद सदस्य शारदा पौडेयलले उद्यमशीलतालाई अगाडी बढाउनका लागि मेला राम्रो भएको बताउँदै समय समयमा यस्ता खाल्का मेला गर्नु आवश्यक रहेको बताउनु भयो । पौडेलले नेपालमा उत्पादन भएका नेपाली जुत्ताहरुलाई अन्र्तराष्ट्रिय जगतसम्म पु¥याउनु पर्नेमा जोड दिनु भएको थियो । नेपालमा धेरै उद्यमी र उद्योग रहेको भन्दै तिनिहरुको विकासका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष किरण डंगोलले मेलामा सहभागि हुन पाँउदा खुशी लागेको बताउनुभयो । कास्की पोखरा हस्तकला संघका अध्यक्ष तथा मेला संयोजक हिरा भट्टराईले छोटो समयमा पनि मेला सफल भएको भन्दै दुवै संस्थाको उद्देश्य एउटै भएकाले पनि मेला सम्पन्न गर्न सहज भएको बताउनुभयो । त्यस्तै वानका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सिप र जाँगरलाई उद्य्मशिलतामा लगाउन सकेमा राष्ट्रको समृद्धि हुने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख थमन सिहं थापाले उद्यमशीलताका माध्यम बाट आर्थिक उन्नती गर्न सकिन्छ भन्ने कुराको प्रमाण मेलाले गरेको बताउनुभयो । नेपाल हस्तकला महासंघका उपाध्यक्ष तथा नेपाली जुत्ता घर प्रालिका संचालक होमनाथ उपाध्यायले नेपालीहरुले स्वदेशी उत्पादनको प्रयोग गर्न पाउनु पर्छ भन्ने उदेश्यले मेला आयोजना गदै आएको बताउदै आफुहरुले काठमाडौँ बाहिर पोखरामा पहिलो चोटी गरेको मेला सफल भएको बताउनुभयो ।
रेडियो जननीका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीले मेला पोखरामा अत्यन्तै भव्यताका साथ सम्पन्न भएको बताउँदै मेलालाई सफल पार्न सहयोग गर्ने मिडिया तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको थियो ।

कास्की पोखरा हस्तकला संघका अध्यक्ष एवम् मेलामुल समारोह समितिकम सयोजक भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एफ म्यानका बरिष्ठ उपाध्यक्ष कृष्ण फुयालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने स्टलवालाको तर्फ बाट महिला उद्यमी पार्वती कार्की, इसान पसमिनाका योगेश पौडेलले आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा मेला सफल पार्नेका लागि सहयोग गर्ने संघसंस्थाहरुलाई मायाको चिनो र प्रमाणप्रत्रले समान गरिएको थियो ।
गत फागुन १५ गतेदेखि सञ्चालन भएको मेलामा १ करोड २० लाख रुपैयाँको कारोबार भएको छ भने १ लाख ६५ हजार दर्शकहरुले मेलाको अवलोकन गरेका छन् । मेलामा १५ देखि ७० प्रतिशतसम्म छुटमा जुत्ताहरु बिक्रि गरिएको थियो भने मेलामा १ सय ५० रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध गराइएको थियो । मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर सुज, बि. एफ.डियरहिल सुज, स्काइ सुज, कोशेली छालाजुत्ता, सफ्ट टच फुटल्याण्ड, सुल्याण्ड, इजी सुज, टम टेलर सुज लगायत ब्राण्डका जुत्ताहरु राखिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button