पोखरामा खोलाले बगाउदा बेपत्ता भएका दुई युवाको शव भेटियो, शव निकाल्ने क्रममा प्रहरीको ज्यान गयो

पोखरा न्युज –
माछा मार्दै गरेका युवालाई हर्पन खोलाले बगाउदा बेपत्ता भएका दुई जना युवाको आज (मंगलबार) शव भेटिएको छ । शव निकाल्ने क्रममा एक जना प्रहरी जवानको  ज्यान गएको छ ।

शव निकाल्ने क्रममा प्रहरी जवान वल बहादुर कुवंरको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाहरुको खोजि कार्यमा कुवंर सहितको टोली मंगलबार विहानै देखि उद्धारमा जुटेको थियो । हर्पन खोलामा बेपत्ता भएका युवाहरुको खोजि गर्ने क्रममा कुवंर खोलामा ललित पुनको शव देखे पछि उनले अन्य उद्धार टोलीलाई खवर गरेर शव रहेको जानकारी गराएका थिए । कुंवर पानी भित्र पसे पनि पानीको सतह मुनि हिलो र लेदो माटो भएको कारणले गर्दा कुंवर केहि समयसम्म ननिस्के पछि उद्धार टोलीले उनलाई तत्काल निकालेर गण्डकी मेडिकल कलेजमा पुर्याएसंगै अस्पतालले उनलाई मृत घोषणा गरेको हो । पानीको सतह मुनि हिलो र लेदो माटो भएको कारणले गर्दा कुंवर सहित अन्य युवा हर्पन खोलामा ज्यान गुमाउनु परेको स्थानियले बताए ।

पश्चिम क्षेत्रिय प्रहरी गण अन्र्तगत विपद उद्धार (रेस्क्यु) टिम प्रहरी सहायक निरिक्षक रामु भण्डारीको नेतृत्वमा ८ सदस्य टोली बेपत्ताको खोजिमा खटिएको थिए । साथै ससस्त्र प्रहरी वल, स्थानिय र अन्य सुरक्षाकर्मी वेवक्ताको खोजिमा जुटेका थिए । फेवातालको सिरानमा रहेको हर्पन खोलामा माछा मार्दै गरेका पोखरा लेखनाथ महानगरपालिका ३ नदीपुर बस्दै आएका २४ बर्षीय इन्द्र पुन र २४ बर्षीय ललित पुनलाई उक्त खोलाले बगाउदा उनीहरु हिजो देखि बेपत्ता भएका थिए । दुवै जनाको शव हाल पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । ७ जनाको एक समुह माछा पार्न पोखरा लेखनाथ महानगरपालिका १८ स्थित हर्पन खोलामा पुगेर माछा मार्दै गर्दा एकाएक ठुलो भलपानीले २ जना युवाहरुलाई बगाएको हो । अन्य ५ जना समान्य अबस्थामा रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button