हिमदुत पत्रकारिता पुरस्कार नेपालीलाई

पोखरा- 
पोखरामा डेढ दर्शक देखि पत्रकारिता गर्दै आएका प्रेम नेपाली स्वर्गीय जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार २०७२ वाट सम्मानित भएका छन । नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको उक्त पुरस्कार शनिबार महासंघको सभाहलमा आयोजित एक समारोहका बिच नेपालीलाई पुरस्कृत गरिएको हो ।

सम्मान समारोहका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्मानित नेपालीलाई सम्मान पत्रको साथमा दोसल्ला तथा अविर र माला लगायर सम्मान गरिएको हो । उक्त पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रुपैया रहेको छ । उक्त पुरस्कारको राशिमा ५ हजार रुपैया थप गरी नेपालीले पोखरा बृद्धाश्रममा सहयोग गर्ने उद्घोष गरे । कार्यक्रममा बोल्दै उनले पद, प्रतिष्ठा र पैसाको पछि आफु कहिले पनि नलाग्ने जनाउदै व्यावसायिक पत्रकारीताको लागि वेईमानी र बदनाम नगर्ने बताए । उनले भने “पुरस्कार कुनै जित पछि ग्रहण गरिने कुरा हो, तर मैले समाजमा धेरै गर्नु छ, मैले मेरो डियुटी गर्दा गरिएको सम्मानले थप जिम्मेवारी वहन गराउने छ । ”

कास्कीका प्रमुख जिल्ला अधिकारी मैनालीले विगत १५ बषै भन्दा बढी बर्ष देखि पोखरामा सक्रिय रुपमा पत्रकारिता गर्दैै आएका व्यक्ति महासंघबाट पहिलो पटक पुरस्कृत भएकोमा लुकेर रहेको प्रतिभाको उजागर भएको बताए । प्रतिभा छनोट समितिको संयोजकमा पत्रकार महासंघ कास्की शाखाका पुर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोला, शाखाका पुर्व अध्यक्ष पुण्य पौडेल, पत्रकार राजवहादुर गुरुङ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र पत्रकार महासंघका सचिव रामप्रसाद तिमिल्सेना रहेका थिए । प्रतिभा छनौट समितिले पोखरामा रहेर डेढ दशक देखी पत्रकारितामा क्रियाशिल नेपालीलाई सर्वसम्मत रुपमा चयन गरेको थियो । पुरस्कार वितरण गर्नुभन्दा कंतिमा एक महिना अगाडी नै प्रतिभा छनोट समिति चयन गर्नुपर्ने भएकाले यस अघिको कार्यसमितिले नै प्रतिभा छनौट समिति गठन गरेको हो ।

वि सं २०३६ सालमा पोखराको मालेपाटनमा जन्मीएका नेपालीले २०५७ देखि व्यवसायीक रुपमा पत्रकारिता शुरु गरेका हुन् । पोखरेली राष्ट्रिय दैनिकबाट आफ्नो पत्रकारीता सुरु गरेका उनले जनमत दैनिक, गगन , पोखरापत्र, कान्तिपुर दैनिक, अन्नपूर्ण मिडिया नेटवर्क हुँदै हाल नयाँपत्रिका दैनिकको पश्चिमाञ्चल व्यूरो प्रमुख भएर काम गरिरहेका छन् । विशेषत खोजी समाचारमा रुची राख्ने नेपालीले पोखराको वाराही उच्च माविवाट प्रवेशिका पास गरी भारतको दिल्लीस्थित ईन्स्टिच्यूट अफ पव्लिक हेल्थ एण्ड हाईजिनबाट स्वास्थ्य बिज्ञानमा स्नातक गरेका छन् । पोखराका पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको नाउमा उनको परिवारले पुरस्कार संचालनका लागी दुई लाख रुपँँयाको अक्षयकोष स्थापना गरेको छ । अक्षय कोषको व्याजवाट महासंघले हरेक वर्ष एकजना क्रियाशिल युवा पत्रकारलाई सम्मान गर्दै आएको छ । यस अघि उक्त पुरस्कारवाट पत्रकार विभु भुषाल (२०६८), कृष्णमणी वराल (२०६९), घनश्याम पाण्डे (२०७०), दुर्गा अधिकारी (२०७०) र ऋषिकान्त पौडेल (२०७१) सम्मानीत भईसकेका छन् ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य द्धय रुद्र भट्ट र सुस्मा पौडेल, प्रतिभा छनौट समितिको संयोजकमा पत्रकार महासंघ कास्की शाखाका पुर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोला, शाखाका पुर्व अध्यक्ष द्धय पुण्य पौडेल र रविन्द्र बास्तोला,, शान्तिका लागि नागरीक समाजको सञ्जाल कास्कीका अध्यक्ष ढकाराम पौडेल, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, प्रेस युनिय कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस सेन्टर कास्कीका उपाध्यक्ष दिपक परियार, स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष कृष्ण रानाभाट, प्रेस सोसाईटी कास्कीका अध्यक्ष संजय मल्ल, क्रान्तिकारी पत्रकार संगठन कास्कीका अध्यक्ष माधव पनेरु, महासंघ कास्कीका उपाध्यक्ष द्धय त्रिभुवन पौडेल, विमला भण्डारी, सचिव राम प्रसाद तिमिल्सिेना लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button