दशौ हिसान कास्की स्र्पोट्स मिट

उपाधी माउन्ट अन्नपुर्ण र स्पाइरल ग्यालेक्सीलाई

पोखरा-

उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान कास्की स्र्पोट्स मिट–२०७३ को उपाधी माउन्ट अन्नपुर्ण उच्च मा वी नदिपुर र स्पाइरल ग्यालेक्सी सिमपानीले वाँडेका छन । स्र्पोट्स मिटमा सम्पन्न खेलहरुमा विजेताको आधारमा दुवै विद्यालयले १७–१७ अंक वाडुन वाध्य भएपछि विजेता विद्यालयले प्राप्त गर्ने हिसान शिल्ड ६–६ महिनाका लागि वाँड्ने भएको प्रतियोगिताका संयोजक रमाकान्त बरालले बताए । उक्त आर्कषक शिल्ड पहिलो ६ महिना माउन्ट अन्नपुर्णले राख्ने भएको छ ।

सम्पन्न छात्र तर्फको प्रतिष्पर्धात्मक बास्केटबलमा माउन्ट अन्नपुर्णले पोखरा उच्च मावीलाई ६१–६० स्कोरले पराजित ग¥यो । निर्धारित समयमा दुवै विद्यालयले ५१–५१ स्कोर गरे पछि थप गरिएको समयमा माउन्ट अन्नपुर्णले अन्तिम समयमा १ स्कोरले वाजी मा¥यो । त्यसै गरि छात्रा तर्फको बास्केटबलमा भने ग्लोवल उच्च मावी प्रथम भएको छ । त्यसै गरि छात्रा वास्केटवलमा स्पाइरल ग्यालेक्सी तेश्रो भएको छ उसले पश्चिमाञ्चललाई पराजित गरेको थियो ।

सम्पन्न छात्रा भलिवल फाइनलमा स्पाइरल ग्यालेक्सीले माउन्ट अन्नपुर्णलाई २५–२९, २५–१४, २५–१६ र २५–१३ ले पराजित गर्यो भने न्यू ग्यालेक्सीले तेश्रो स्थान हात पार्यो । छात्र भलिवलको उपाधी समेत स्पाइरलले नै प्राप्त गरेको छ । उसले फाइनलमा कास्की मोर्डनाइज्डलाई २५–१६, २५–२० र २५–१७ को सोझो सेटमा पराजित ग¥यो । छात्र भलिवलको तेश्रो स्थान भने हिल पोइन्ट उच्च मावीले प्राप्त गर्यो उसले पोखरा मल्टिमोडललाई हराएको थियो ।

प्रतियोगितामा वास्केटवल तर्फ माउन्ट अन्नपुर्णका दिमेन पुन र छात्रा तर्फ ग्लोवल उच्चमावीकी समिक्षा पुन उत्कृष्ट खेलाडी घोषित भए । छात्र भलिवल तर्फ स्पाइरल ग्यालेक्सीका सञ्जिव परियाल र छात्रा भलिवल तर्फ सोही विद्यालयकी तृषना पुन मगर घोषित भइन । छात्र बास्केटवलमा पोखरा उच्च मावीका डेभिड पुन र छात्रा वास्केटवलमा ग्लोवलकी एलिना पुन घोषित भइन ।

विजयी विद्यालय, खेलाडी, प्रायेजक संस्था तथा सहयोगीहरुलाई राष्ट्रिय परिक्षा वोर्डका सदस्य सचिव सूर्य प्रसाद गौतम, हिसानका केन्द्रिय उपाध्यक्ष शेर वहादुर गुरुङ्ग, केन्द्रिय सल्लाहाकार सूर्य वहादुर जिसी, प्यावसनका अध्यक्ष दिनेश श्रेष्ठ, कास्कीका उपाध्यक्ष रामजी शर्मा लगाएतले पदक, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

हिसान कास्कीका अध्यक्ष बावुराम पन्तको अध्यक्षतामा भएको कार्यक्रममा परिक्षा वोर्डका सदस्य सचिव गौतमले २०७४ सम्म कक्षा १२ को परिक्षालाई एसएलसी सरह गर्ने गरि तयारी भइरहेको बताए । उनले खेलकुदले मानसिक र शारिरिक रुपमा सहयोग गर्ने हुनाले पनि खेलकुद अपरिहार्य रहेको वताए ।

हिसान कास्कीले आफ्ना सदस्य विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको विचमा आपसी मित्रताको अभिवुद्धी गराउने तथा उनीहरुलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्ने उद्धेश्यले खेलकुद हरेक वर्ष प्रतियोगिता संचालन गर्दै आइरहेको छ । पोखरा रंगशालामा पुष ११ गते सम्म संचालन भएको प्रतियोगितामा छात्र–छात्रा टेवुल टेनिस, भलिवल र बास्केटवलका खेलहरु भएका थिए । हिसान कास्कीमा आवद्ध ४७ उच्च मावीमा ६ हजार विद्यार्थी आवद्ध छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button