तिब्र आलोचना पछी शुक्रबारको सार्वजनिक विदा फिर्ता लिने निर्णय

काठमाडौं- चौतर्फी बिरोध भ्एपछि सरकारले शुक्रबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिएको छ ।

आइतवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै  भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार  ३४ सदस्यीय टोलीसहित  सोमबार भारत भ्रमणमा गएकी छिन ।

विगतमा राष्ट्र प्रमुखका रुपमा राजाहरु विदेश भ्रमणमा निस्कँँदा सार्वजनिक विदा दिने प्रचलन रहेको भएता पनि गणतन्त्र स्थापना पछि नेपालका प्रथम राष्ट्रपति रामबरण यादब विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिइएको थिएन ।

बिदाको बिषयलाई लिएर चौतर्फी बिरोध भ्एपछि शुक्रबारको विदा  फिर्ता भएको गृह मन्त्रालय स्रोतले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button