होली पर्वले पोखराको पर्यटन प्रबर्द्धन

होली पर्वमा पोखरामा आउने  अधिकाशं पर्यटक रंग खेल्दै रमाउछन्,

पोखरा-

पर्यटकीय नगरी पोखरामा मनाईदै आएको होलि (फागुपुर्णिमा) पर्वले पोखराको पर्यटन प्रबर्द्धन थप टेवा पु¥याउने व्यवसायिहरु बताउछन । रंगहरुको पर्वको रुपमा मानिने होलि पर्वमा आन्तरिक तथा बाह्यि पर्यटकहरु एक आपसमा रंग लगायर आपसि सदभाव कायम गर्दै पोखरामा भएका अधिकाशं पर्यटक होलि पर्वमा होमिने हुदा होलि पर्वमा पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने भएको रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । यही फागुन २९ गते होलि पर्व परेको छ ।

एक आपसमा रंग लगायर मित्रता कायम गर्ने पर्वको रुपमा विकास हुदै आएकोले होलि पर्वमा केहि विदेशी पाहुनाहरुले नेपाल भ्रमणको समय तालिका समेत होलि पर्व पोखरामा मनाउने गरी आउन थालेको समेत रेवान पोखराका अध्यक्ष गुरुङले बताए । उनले भने “ साच्चै होली पर्वमा हामी भन्दा विदेशी पाहुनाहरु धेरै खुसि हुन्छन, उनीहरु एक आपसमा रंगहरु लगाउदै रमाईलो गर्दै हिड्ने हुदा एक दिनको कम्तिमा पनि वसाई लम्बिएको छ भने उनीहरु साथीभाइहरुसंग रंगिदै खुसि साटसाट गरी रमाईलो गर्दा आर्थिक कारोवार समेत हुने गरेको छ ।” जाडो मौसम सकिएर गर्मी मौसम सुरुवात हुने भएकोले पनि पर्यटकहरुको आगमन हुन लागेकोले होली पर्वले पर्यटकलाई थप रोनक दिने गरेको गुरुङले बताए । होली पर्व लेकसाईडको अम्वोट फेवा लेक रेष्टुरेण्ट देखि लेकसाईडका बिभिन्न भाग परिक्रमा गरी होली खेल्दै बाजा गाँजाका साथमा खहरे हुदै फ्रि ड्यामचोकमा पुगेर समापन हुने उनले बताए ।

रेवान पोखराले यस बर्ष पछि अघिल्ला बर्ष झै पर्यटकहरुलाई लक्षित गरी होली पर्व मनाउने तयारी गरेको रेवान पोखराका महासचिव विश्वराज पौडेलले बताए । उनले भने “ यो पर्व नेपाली सांस्कृतिक पर्व भएकोले पनि हामीले सांस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यले पनि यो होली पर्वलाई विगत करीब एक दशक देखि निरन्तर रुपमा आयोजना गर्दै आएका हौं, यस बर्ष पनि पन्चे बाजा सहितको जम्वो टिम होली पर्वमा होमिने तयारी भएको छ ।” रेवान पोखराले आगन्तुक पाहुनाहरुलाई होली पर्वमा चिय पदार्थ अन्र्तगत चिया तथा जुसको समेत व्याबस्था मिलाउने गर्देछ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखराको पर्यटनको नयाँ ब्राण्ड होली पर्व पनि एक भएको बताए । उनले भने “ होली पर्वले आन्तरकि तथा बाह्यि पर्यटकहरुको कम्तिमा उक दिनको भने पनि वुसाई लम्वाउने गरेकोछ चने आगन्तुक पाहुनाहरु रंगमा रंगिदाको क्षणले हरेक बर्ष यसमा सहभागिताको सङख्या बड्दै गएको छ ।” सेतो छाला भएका पाहुनासंगै एक आपसमा रंग लगाउदा छुट्टै मज्जा हुने गरेको हुनाले पनि आन्तरिक पर्यटकहरुको समेत सङख्यामा बृद्धि हुदै आएको उनले बताए । उनका अनुसार पोखरामा हाल ३० देखि ४० प्रतिशत जसो होटलको अकुपेन्सी रहेको छ । पोखरामा हाल २० प्रतिशत जसो विदेशी पर्यटकहरु रहेको अध्यक्ष तुलाचनले जनाए । पोखराका पर्यटन व्यवसायि तथा माउण्ट कैलास रिसोर्टका संचालक नरेस भट्टराईले पोखरामा होली पर्व मनाउन थाले पनि स्वदेश तथा विदेशबाट पहुनाहरु आउने गरेको जसले गर्दा पोखराको समग्र आर्थिक कृयाकला एक दिन भने पनि चलायमान हुने गरेको उनले बताए । होली पर्वलाई लक्षित गरी विभिन्न प्रकारका रंग तथा पिच्करी बजारमा उपलब्ध भएको एक व्यवसायी नवराज सुवेदीले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले फागुपुर्णिमा अर्थात होली पर्वमा कसैको ईच्छाबिपरित रङलगाउने तथा लोला हान्ने ब्यतिmहरुलाई सार्वजनिक अपराधको मुद्धा समेत चलाउन सकिने चेतावनी दिएकाछन । प्रजिअ मैनालीले यदी कसैले कसैको ईच्छाबिपरित रङ लगायन नपाईने तर कसैले ईच्छाबिपरित गरेमा उनीहरुलाई कार्रबाहीको दायरामा ल्याउने समेत बताए । पोखरा जस्तो पर्यटकीय स्थानमा आपसमा साथीभाईहरु बिच सदभावना कायम गर्ने उद्धेश्यले होली पर्व खेल्न उनले आग्रह गरे। होली पर्वको नाममा लोला हान्ने र फोहोर पानी छ्याप्ने कसैलाई अनावश्यक रुपमा दुखः कष्ट दिने गर्ने उपर समेत कारवाही हुने उनले जनाए ।

यसै बिच होलि पर्वको अवसरमा नेपाल पत्रकार महासंघ कास्कीले पनि आफ्नै कार्यालयमा जम्मा भएर भोलि पर्व मनाउने तयारी गरेको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । त्यसै गरि विभिन्न संघ संस्थाहरुले संस्स्थागत ढंगले होलि पर्व मनाउने तयारी गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button