होलीमय पोखरा, होली खेल्नेको लेकसाइडमा भिड – अपडेट

 


पोखरा-

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा आईतबार होली खेल्नेको भिड लाग्यो । अघिल्ला बर्षको तुलनामा यस बर्ष लेकसाईडमा होली खेल्नेको अत्याधिक भिड भएको स्थानिय बताउछन । स्थानिय एक पर्यटन व्यवसायी नारायण सुवेदीका अनुसार अघिल्ला बर्षको तुलनामा यस बर्ष होली पर्वमा लेकसाईड क्षेत्रमा पर्यटकहरुको अत्याधिक भिड भयो ।

पर्यटकहरुलाई लक्षित गरि पोखरामा आईतबार होली फेष्टिवल समेत आयोजना भएको थियो भने त्यसै गरी ठाँउ ठाँउमा होली बिषेश कार्यक्रम आयोजना भएकोले गर्दा पनि युवा बर्गहरु प्रायः खेकसाईडमा पुग्ने गरेको टेसा पोखराका अध्यक्ष समेत रहेका सुवेदीले बताए । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले यस बर्ष पनि पर्यटकहरुलाई लक्षित गरी होली फेष्टिवल आयोजना गर्यो ।

साँस्कृतीक पर्वको बारेमा पर्यटकहरुलाई जानकारी दिंदै उनीहरुलाई पनि नेपाली परम्परामा मनाईने होली पर्वमा सहभागि गराएर एक आपसमा खुसि साटासाट गरी होली पर्व मनाएको रेवान पोखराका अध्यक्ष चौबहाबदुर गुरुङ्गले बताए । रेवानले विगतदेखि होलि फेष्टिबलको आयोजना गर्दै आएको गुरुङले बताए । नेपालीहरु विभिन्न रंगमा रंगिने भएकोले आगन्तुक पाहुनालाई पनि संगै विभिन्न रंगहरु एक आपसमा लगाउदै खुसि साटसाट गर्न पनि आफुहरुले उक्त फेस्टिवललाई निरन्तरता दिएको कार्यक्रम संयोजक विकास भट्टराईले बताए । उनका अनुसार यस बर्षको होलिमा अघिल्ला बर्षको तुलनामा अझै बढी हजारौं पर्यटकहरु फेस्टिवलमा सहभागि भएका थिए ।

यसपटक सडकका विभिन्न स्थानमा स्टेजहरु बनाएर विभिन्न कलाकारहरुको साँस्कृतीक प्रस्तुतीसंगै बाजागाजा सहित होली पर्व मनाईदै सडकमै पिय पदार्थको साथमा नृत्य गरेका थिए। आइतबार विहान ११ बजे अम्मटस्थित फेवा लेक रेष्टुरेण्ट अगाडी जम्मा भई त्यहाँबाट बाजागाजा र रंग खेल्दै खहरेसम्म होलि फेस्टिवलमा सहभागिहरु पन्चेबाजाको साथमा सहभागि भएका हुन । पोखरामा आएका अधिकाशं पर्यटकहरु होली खलेकोे गुरुङले जनाए । पोखरामा होली पर्वले पर्यटकीय गतिविधि बढेसंगै आर्थिक कारोवार बढ्ने भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । त्यसै गरी नेपाल पर्यटन वोर्ड पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराले पनि होलि पर्व मनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button