भोलि सोमबार र शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

पोखरा न्युज –

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको  भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै  सार्वजनिक विदा दिने निर्णय गरेको हो ।बैठकले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण   हो ।  राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भोलि सोमबार भारत भ्रमणमा जाँदैछिन्  । उनि शुक्रबार स्वदेश फर्किने कार्य तालिका रहेको छ ।

विगतमा राष्ट्र प्रमुखका रुपमा राजाहरु विदेश भ्रमणमा निस्कँँदा सार्वजनिक विदा दिने प्रचलन रहेको भएता पनि  गणतन्त्र स्थापना पछि नेपालका प्रथम राष्ट्रपति रामबरण यादब  विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिइएको थिएन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button