चैत्र २५ र २६ गते गण्डकी तथा धौलागिरीका होमस्टे पोखरामा

पोखरा-

गण्डकी तथा धौलागिरिका होमस्टेहरु पोखरामा एकै थलोमा भेला हुने भएका छन । पश्चिमाञ्चल क्षेत्र अन्तर्गत गण्डकी तथा धौलागिरीमा संचालन भएका केहि होमस्टेहरुलाई पोखरामा भेला गराई उनीहरुको बजारीकरण तथा क्षमता अभिबृद्धी गराईने भएको हो ।

नेपाल पर्यटन वोर्ड पोखराको परिसरमा यही चैत्र २५ र २६ गते होमस्टे मार्ट तथा कार्यशाला हुने भएको आइृतबार नेपाल पत्रकार महासंघ कास्कीमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराको आयोजना तथा भिटोफ कास्कीको सह–आयोजनामा होमस्टे कार्यक्रम प्रवद्र्धन गर्ने गरी उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखराका बरिष्ठ अधिकृत सुर्य थपलियाले बताए । कार्यक्रममा गण्डकी तथा धौलागिरिका सामुदायिक तथा निजी रुपमा संचालन भएका २२ होमस्टेका स्टल सहित २६ स्टलहरु रहने भएको उनले जनाए । उनका अनुसार फस कम फस सर्भिसको आधारमा जुन होमस्टेहरु अघि आउछन उनीहरुले मात्र आफनो होमस्टेको बजार प्रवद्र्धन गर्ने गरी स्टल राख्न पाउने छन ।

प्रत्येक होमस्टेका सहभागि एक÷एक टिमलाई वोर्डले ५ हजार रुपैया सहयोग गर्ने भएको छ । साथै खाना सम्बन्धि तालिम समेत दिइने भएको छ । गाँउ घरमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्थापना भएका होमस्टेहरु आर्थिक हिसावले समेत राम्रो गर्न नसकेको अबस्थामा उनीहरुको बजार प्रवद्र्धन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको थपलियाले बताए । होमस्टेमा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । गण्डकी तथा धौलागिरी क्षेत्रमा ६५ वटा होमस्टे दर्ता भएको जसमा कास्कीमा मात्र ३७ वटा होमस्टेहरु संचालनमा आएको भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारीले बताए । पछिल्लो क्रममा सरकारले होमस्टेलाई प्रवद्र्धन गर्न होमस्टे कार्यविधी २०६७ ल्याए पनि पछिल्लो क्रममा होमस्टे दर्ता गर्दा १० हजार शुल्क राखेको अत्याधिक चर्को शुल्क रहेको पहारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button