पश्चिमाञ्चल होटल संघ पोखरा आफ्नै नयाँ भवनमा

पोखरा-

पश्चिमाञ्चल होटल संघ पोखरा बुधबारदेखि आफ्नै नयाँ भवनमा सरेको छ । लेकसाइडको मुटु डिहिको पाटन स्थित नवनिर्मित चार तले भवनको होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले उद्घाटन गरेका थिए ।

सचिवालय, हल तथा व्यापारिक सटरसहितको तीन आना क्षेत्रफलमा बनेको भवनबाट संघले आफ्नो सेवा सुरु गरिसकेको छ । भवनको उद्घाटन गर्दै होटल संघ नेपालका अध्यक्ष शाक्यले नयाँ भवनसँगै पश्चिमाञ्चल होटल संघले आफ्ना सदस्यलाई प्रदान गर्ने सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले आठ महिनाको अवधिमा स्मृति कन्स्ष्ट्रक्सनले संघको भवन तयार पारेको जानकारी दिए । होटल संघ नेपाल, क्षेत्रीय संघका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुबाट रकम संकलन गरी भवन तयार गर्न संभव भएको उनले सुनाए । सो अवसरमा पराजुलीले पर्यटन क्षेत्रमा पनि होटल क्षेत्र सबैभन्दा बढी लगानी भएको क्षेत्र भएको स्मरण गराउँदै लगानीको संरक्षणका लागि व्यवसायिक एकताको जरुरी भएको आबश्यकता औंल्याए ।

 संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संस्थाका महासचिव भेकेन्द्र कुमार श्रेष्ठले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button