पोखराको होटल पिस प्लाजामा लगानी थपियो – आन्तरिक र बाह्य पर्यटक लोभ्याउदै

पोखरा-

पोखरा लेकसाइडको होटल पिस प्लाजामा पर्यटकको बसाईमा उत्साह थप्न भन्दै लगानी थप गरिएको छ । बिगत १७ बर्ष देखि संचालनमा रहेको उक्त होटलमा आन्तरिक तथा बाह्य पर्यटकको सेवा सुविधालाइ मध्यनजर गर्दै लगानी थप गरिएको होटलका संचालक पर्यटन ब्यबसायी भरतराज पराजुलीले बताए ।

सुरुवाती क्रममा १० कोठावाट सुरु गरेको होटलमा हाल ३५ वटा सुविधा सम्पन्न स्टानडर्ड ,डिलक्स र सुपर डिलक्स रहेको पराजुलीले जानकारी दिए । होटलमा नेपालीको पर्यटकको लागी रु १५ सय देखि ७ हजार सम्मका कोठा उपलब्ध रहेको र बिदेशी पर्यटकको लागि २० डलर देखि ८० डलर सम्मका कोठा उपलब्ध रहेका छन् । होटेलको प्रत्येक कोठाबाट ताल देखिने र बाल्कोनीवाट ताल, हिमाल र स्तुपा देखिने बताउदै पराजुलीले होटेलमा विभिन्न संरचना थप्न र पुनर्निर्माण गर्न ७ करोड खर्च लागेको बताए । सत्र वर्षको अवधिमा होटलमा ६० करोडको भौतिक संरचना खडा भएको उनले जनाए ।

सन् २०१३ र २०१६ मा ट्रीपएडभाईजर वाट बेस्ट एक्सीलेन्सी अवार्ड समेत हात पार्न सफल उक्त होटलमा स्वदेशी तथा बिदेशी सम्पूर्ण खानाका परिकारहरु उपलब्ध हुने पराजुलीले बताए । होटलमा ट्राभल डेस्क , मनि चेन्जर , एटिएम, स्पा लगाएतका सुबिधा रहेको र होटल संगै जोडिएको होटलको आफ्नै रेस्टुरेन्ट सनसेट रेस्टुरेन्ट एण्ड बारमा रेस्टुरेन्ट र वारका सबै सुबिधा उपलब्ध रहेको उनले बताए । होटलमा हालसम्म विभिन्न ६० देशका पर्यटकहरुले सेवा सुबिधा लिएको बताउदै पराजुलीले आफुले अहिले सम्म कुनै पनि पर्यटकलाइ असन्तुष्ट नपारेको दाबी गरे । “हाम्रो आतित्यथा, होटलको सेवा सुबिधा एबं होटलबाट देखिने मनोरम दृश्यका कारण आन्तरिक र बाह्य पर्यटकहरु लोभिने गर्नुभएको छ  “, उनले भने ।

पोखरा लेकसाइडको मुटु हल्लनचोक नजिकै रहेको उक्त होटल लोकेसनका हिसाबवाट, सेवा सुविधाका हिसाबवाट एबम होटलवाट देखिने हरियाली ,ताल, हिमाल तथा स्तुपाका मनोरम दृष्यावलोकनका हिसाबले पनि होटल सबैको रोजाइमा पर्न सफल भएको छ । पर्यटन क्षेत्रमा बिगत २३ वर्षदेखि कार्यरत पराजुलीले आफ्नो अनुभवलाइ होटलमा लगानी गरेको बताए । सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका पराजुली पश्चिमान्चल होटल संघ पोखराका अध्यक्ष समेत छन् । होटल संघको निर्णय आफ्नो होटलमा पनि लागु हुने वताउदै पराजुलीले पुस १३ गते देखि १७ गते सम्म चल्ने पोखरा सडक महोत्सबमा आन्तरिक पर्यटक लाइ २० प्रतिशत छुट दिईने बताए ।

पोखरामा पर्यटकीय सुविधा सम्पन्‍न ४ सयको हाराहारीमा होटेल सञ्चालनमा छन्। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि पछिल्लो समयमा यहाँ ठुला ठुला होटलमा लगानी गर्ने लहर चलेको बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button