अनुमति बिनै राखिन्छ पोखराको सडकमा प्रचारसामग्री, महिनौ बित्दा पनि हटाइदैन

गणेश बराल । काठमाण्डौ संगै नेपालमै सबैभन्दा बढी मेलामहोत्सब, उत्सब तथा कार्यक्रम हुने ठाउ पोखरा हो भन्दा अतियुक्ती नहोला । बिभिन्न प्रतिस्पर्धाको नाममा होस वा मेला महोत्सबका नाममा होस यहाँ हरेक दिनजसो कुनै न कुनै कार्यक्रम आयोजना भइरहेको हुन्छ । यसरी आयोजना हुने गरेका कार्यक्रमको प्रचारार्थ राखिने सामग्री सम्बन्धित निकाएको अनुमतिबेगर नै राखिने गरेको पाइएको छ ।

momo-mela-banner
चिप्लेढुंगा, लेकसाइड लगाएतका क्षेत्रमा रहेको मम मेलाको यो ब्यानर

पोखरामा आयोजना हुने गरेका मेला महोत्सब, प्रतिस्पर्धा, स्वागत कार्यक्रमका आयोजक तथा बिभिन्न संघसस्थाले आफ्नो प्रचारको लागि सडकमा गेट बनाएर, सडक माथि वारपार हुने गरि तुल ब्यानर र सडक छेउका खम्बाहरुमा फेलेक्सहरु राख्ने गर्दछन । हरेक कार्यक्रममा आयोजकले पोखरा र आसपासका क्षेत्रमा यसरि प्रचार सामग्री टास्ने गर्दछन । मम मेला, अल्ट्रा म्युजिक फेस्टिवल जस्ता कैयौ बितिसकेका कार्यक्रमका ब्यानरहरु पोखराको लेकसाइड, चिप्लेढुंगा बगर जस्ता क्षेत्रहरुमा आज (बिहिवार) सम्म पनि देख्न पाइन्छ । अझ राष्ट्रपति पोखरा आउदा स्वागतार्थ राखिएको गेट पोखराको प्रमुख पर्यटकीय स्थल क्याम्पिंग चोक बाटै महिना बितिसक्दा पनि हटाइएको छैन । यी त उदाहरण मात्र हुन् पोखराको चोक-चोकमा र सडक छेउका पोलमा महिनौ पुराना प्रचार सामग्री प्रशस्तै भेट्न सकिन्छ ।

banner-in-pokhara
राष्ट्रपतिको स्वागतार्थ लेकसाइडमा गत महिना राखिएको गेट

पोखराका सडक क्षेत्रमा आयोजकहरुले स्वागत गेट, ब्यानर, तुल जस्ता प्रचारजन्य सामग्रीहरु अनुमति बिनै राख्ने गरेको नगरपालिकाका कर अधिकृत शिवहरि शर्माले बताए । ‘ एका दुइ बाहेक अहिलेसम्म यस्ता कार्यक्रमका आयोजकहरुले यहाँ आएर अनुमति लिएका छैनन्, केहिले औपचारिकताको लागी चिठी पठाउने सम्म गरेका छन’ शर्माले भने । अनुमति बेगर सामग्री राख्दा नगरपालिकाको राजश्व समेत गुम्ने गरेको उनि बताउदछन । प्रचारसामग्री राख्ने र समय गुज्रेपछी त्यस्ता सामग्री नहटाउने प्रवृति देखिएकाले अब अनिवार्य अनुमति लिनुपर्ने र धरौटी समेत राख्नुपर्ने व्यवस्था राखी नयाँ नियमावली पारित गरिसकेको शर्माले जानकारी दिए । पोखरा उद्योग बार्णीज्य संघ लगाएत सम्बन्धित संघ सस्था सँग छलफल गरेर तिहार लगतै उक्त निएमावाली लागु गरिने उनले बताए ।

ultra-music-festival-banner
अल्ट्राम्युजिक फेस्टिबलमा चिप्लेढुंगा लेकसाइड क्षेत्रमा राखिएको यो ब्यानर

“हामीले यससम्बन्धि सम्पूर्ण ठेक्का पोखरा उद्योग वार्णीज्य संघ मार्फत छायाँ एडभरटाइजिङ्गलाइ दिएका हौ’ , नगरपालिकामा प्रचारसामग्री ब्यबस्थापन हेर्ने जिम्बेवारी रहेका  बसन्त चालिसेले भने । ठेक्का उसले लिएकाले यो राख्ने हटाउने काम पनि उसैको हो, उनले थपे । नगरपालिकाले हेर्दा नगर प्रहरीले यस्ता सामग्री हटाउने गरेको चालिसेले बताउछ्न । सम्बन्धित कम्पनिले हटाएन भनेर नगरपालिका पन्छिन मिल्छ भन्ने पोखरान्युजडटकमको प्रश्नमा उनले जनमानस बाट यस्तो आवाज नआएकाले पनि नगरपालिकाको ध्यान त्यता नपुगेको बताए । सामाजिक कार्य बाहेक अन्य कार्यक्रमका लागि छाया एडभरटाइजिङ्गले कर उठाउने गरेको बताउदै पोउवा संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले त्यस्ता कार्यक्रम सकिएपछि आयोजक स्वयंले नै त्यस्ता सामाग्री हटाउनु पर्ने बताउछन । “पीपीपी मोडेल अन्तर्गत छाया एडभरटाइजिङ्गले ठेक्का पाएको हो’, प्रजुले भने ।

rambazar-bannerहाल पोखरामा जारी रामबजार महोत्सब आयोजकले समेत प्रचारसामग्री राख्नको लागि अनुमति नलिएको कर अधिकृत शिवहरि शर्मा बताउदछन । अनुमति किन नलिनुभाको भन्ने पोखरान्युजडटकमको प्रश्नमा आयोजक क्लबका अध्यक्ष कुमार थिङ्ग तामाङ्गले आफुहरुले सम्पूर्ण जिम्मा बंगलामुखी नेपाल एमीजमेन्ट प्रा.लि. लाइ दिएको भन्दै पन्छिन खोजे । यस सम्बन्धमा एमीजमेन्ट प्रा.लि. प्रमुख बिरेन्द्रलाइ प्रश्न गर्दा सो काम आयोजक क्लबकै रहेको र आफुले त्यस्तो जिम्बेवारी नलिएको जिकिर गरे ।

यस्ता सामग्री ले सडकमा यातायातका साधन आवत जावतमा संमस्या समेत खडा गर्ने गरेको र  चालकको नजर मोडीदा  दुर्घटना समेत हुने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताउदछ । अनुमति बेगर प्रचार सामग्री राख्दा बर्षेनी राजश्वमा लाखौ घाटा त भएको छ नै यसले समग्र पोखराको सुन्दरतामा नै ह्रास ल्याएको छ । अझ कार्यक्रम सकिएको महिनौ बित्दा पनि त्यस्ता सामग्री नहटाइदा पोखरा घुम्न आउने पर्यटकले पोखरालाइ कस्तो दृष्टिले हेर्लान त्यस तर्फ पनि सम्बन्धित निकाएको गएको पाइदैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button