गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै


काठमाडौं–अद्भूत क्षमताका धनी भारतमा गुगल ब्वाइ भनेर चिनिने कौटिल्य पंडित आज नेपाल आउने भएका छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् ।

कौटिल्य भर्खर नौ बर्षका भए । उनको स्मरणशक्ति बेजोडको छ । अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ । उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् । उनलाई ल्याएर प्रस्तुत गरिने कार्यक्रमबाट नेपालले धेरै चीजको लाभ लिन सक्ने आयोजक हाइल्यान्ड इन्टरटेनमेन्टका अध्यक्ष अध्यक्ष सुदर्शन गैरापिप्लेले बताए । नेपाललाई विश्वसामु चिनाउन कौटिल्यबाट ठूलो टेवा पुग्ने उनको दावी छ ।
उनी आज राजधानी आइ पुग्नेछन् । उनले भोली पशुपतिनाथको पूजा आराधना गर्नेछन् ।

कौटिल्यलाई उनको प्रतिभाको कदर गर्दै भारतको हरियाणा सरकारले १० लाख रुपैयाँको पुरस्कार दिएको थियो । उनलाई पूर्वमुख्य मन्त्री भुपेन्दरसिंह हूडाले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यतिखेर उनलाई दिइएको प्रमाणपत्रमा भएको गल्ती कौटिल्यले औंल्याएका थिए । काशि विद्वान परिषदले उनलाई बाल मनिषीको पदवी दिएको थियो । उनी ५ बर्षको उमेरमै भारतीय नायक अमिताव बच्चनले संचालन गरेको कौन बनेगा करोडपतिमा सहभागी हुने अबसर पाएका थिए ।

उनको कार्यक्रम यस्तो छ ।
कार्यक्रम तालिका
२०७३ साल चैत्र १० गते
एयरपार्टमा लिन जाने
एयरपोर्टमा लिन जाने समय बिहान ११ बजे
एयरपोर्ट बाट इन्डियन एम्बेसीमा लिएर खाना आदिको व्यवस्थाको समय दिउसो १२ बजे
२०७३ चैत्र ११ गते
पशुपतिको पुजा दर्शनको व्यवस्थाको समय
इन्डियन एम्बेसीबाट मन्दिर जाने समय ७ बजे
पशुपति महादेवको पूजाको समय ८ बजे
पूजा सकेर होटल जाने समय ११ बजे
२०७३ चैत्र १२ गते
कार्यक्रम हुने दिन
कार्यक्रममा जाने समय १० बजे
कार्यक्रम सुरु हुने समय ११ बजे
कार्यक्रमको समय ११ः३० बजे
कार्यक्रम समापन हुने समय ३ बजे
कार्यक्रम बाट होटल जाने समय ३ः३० बजे
२०७३ चैत्र १३ गते
घुम्न जाने ठाउँहरु
१. पलाञ्चोक भगवती मन्दिर (काभ्रेपलाञ्चोक
२. कुशेश्वर महादेव मन्दिर (सिन्धुली)
३. काठमाण्डौंका विशेष ठाउँहरु
४. पोखरा
५. विविध

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button