मासिक १ करोड घाटा मा सरकारले उद्योग संचालन गर्न सक्दैन – मन्त्री जोशी

पोखरा-

उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकारले मासिक एक करोड घाटा खायर कुनै पनि उद्योग संचालन गर्न नसक्ने बताएका छन ।
गोरखकाली रबर उद्योगमा हाल मासिक एक करोड रुपैया घाटा भएकोले पं्रसङगमा उनले भने “अब सरकारले एक करोड मासिक घाटा खायर कुनै उद्योग संचालन गर्न सक्दैन । ” मन्त्री जोशीले आईतबार पोखरामा पत्रकारहरुसंग कुराकानी गर्दै चैत्र देखि गोर्खाली रबर उद्योग वन्द भएकोले हाल मासिक एक करोड घाटा भएकोले, त्यसलाई पुनः संचालन गर्नको लागि सरकारले घाटा खायर संचालन गर्न नसक्ने अबस्थामा पुगेको प्रष्ट पारे। गोरखकाली रबर उद्योग संचालनको लागि केहि निजी क्षेत्रले चासो देखाएकोले उनीहरुलाई सरकारले केहि सर्तमा दिने बिषयमा छलफल भएको समेत उनले बताए ।
जग्गा विक्रि वितरण नगर्ने तथा ऋणमा नराख्ने गरी, सरकारलाई मुनाफा हुने गरी उक्त उद्योग संचालन गर्न कुनै निजी क्षेत्रलाई दिने बिषयमा आफुहरुले छलफल अघि बढाएको मन्त्री जोशीले जनाए । ६ सय ४० रोपनी क्षेत्रफल रहेको उक्त उद्योग संचालन भए धेरै कर्मचारीले रोजगार पाउने उनले बताए । वीरगन्ज चिनी कारखाना, बुटवल धागो कारखानालाई नीजि क्षेत्रलाई लिजमा दिनेबारे छलफल भैरहेको उनले उल्लेख गरे । मन्त्री जोशीले उद्योग धन्दाको विकास गरी युवालाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको जनाए ।
” मन्त्री जोशीले साना घरेलु कुटिर उद्योगको संरक्षण गर्दै ठूला उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने बताए । हेटौंडा कपडा उद्योगलाई सञ्चालनमा ल्याएर पहिलो चरणमा नेपाली, नेपाल प्रहरी र कर्मचारीका लागि कपडा उपलब्ध गराउने लक्ष्य राखिएको बताउँदै मन्त्री जोशीले दोश्रो चरणमा आम उपभोक्तहरुको लागि कपडा उत्पादन गर्ने रणनितीमा जान लागेको बताए । सरकारले बन्द भएका उद्योगलाई चलाउन सक्ने सम्भावना भए पुनः चलाउने र चल्नै नसक्ने अबस्थामा पुगेका उद्योगलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल गर्न सुरु गरेको उनले जनाए । उनले भने “सरकारले देश भित्र रहेका खनिज पदार्थको सम्भाव्यता अध्ययनको लागि समेत गृहकार्य सुरु गरेकोछ, हामीसम्म भएका सम्भाव्यता अध्ययन ४ देखि ६ बर्ष भित्र गर्ने र १० देखि १२ बर्ष भित्र नेपाली युवालाई स्वदेशमी रोजगार दिने गरी सरकार दृर्घकालिन योजनामा जादैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button