मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराउनुपर्छ – महासचिव पोखरेल

पोखरा न्युज ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराई जनतालाई समृृद्ध पार्नका लागि आफ्नो दलको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

टोखा नगरपालिका–६ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो– “जनताको सामाजिक रुपान्तरणका लागि कृषि, पर्यटन, पूर्वाधारलगायत विकासका लागि एमालेसँग प्रष्ट दृष्टिकोण छ ।”

महासचिव पोखरेलले जैविक विविधताले भरिएको देशको हावापानी, भौगोलिक अवस्थालगायतलाई नजिकबाट आफूहरुले अध्ययन गरिरहेको उल्लेख गर्दै “फरक फरक क्षेत्रमा अलग अलग स्रोत र साधनको सम्भाव्यता देखिएको छ, जहाँ जे उत्पादन गर्दा जनता लाभान्वित हुन्छन्, त्यहाँ लगानी बढाउनुपर्छ,” भन्नुभयो ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान जनवर्गीय संगठन तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्थानीय सम्पदा संरक्षण अभियानका अध्यक्ष मनिराज डंगोलले प्राचीन नगरी टोखाका महत्वपूर्ण संस्कृति तथा सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

टोखा नगरपालिका–६ पार्टी कमिटी प्रमुख भगवान केसीले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा एमालेले सबै दलसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button