पोखराको गगनगौडामाअत्याधुनिक मेसिनबाटै ग्याविन जाली वुन्ने उद्योग

डीएनबी, पोखरा-

पोखरा लेखनाथ महानगरको तल्लो गगनगौडामा अत्याधुनिक प्रविधिको ग्याविन जाली वुन्ने उद्योग हालै संचालनमा आएको छ । मुस्ताङ जि.आई. वायर इण्डष्ट्रिज एण्ड सप्लायर्स प्रालिले उक्त प्रविधी सहितको उद्योग गगनगौडामा भित्राएको हो ।

पोखरा सहित पश्चिमाञ्चल क्षेत्रमा उक्त जालीको माग अत्याधिक भएकोले गर्दा आफुहरुले यस उद्योगमा ठुलो लगानी गरेको उद्योग संचालक तथा प्रालिका प्रवन्ध निर्देशक जयन्द्र गौचनले बताए । महानगर  ३२ स्थित तल्लो गगनगौडामा ग्याविन भर्न प्रयोग हुने जाली वुन्ने उद्योग करिब एक महिना अघि देखी संचालनमा आएको हो । मेसिनबाट उक्त जालीको एकै आकार र तौलमा समेत एकरुपता हुने तथा हातबाट वुन्ने जाली भन्दा केहि सहुलियत दरमा समेत उपलब्ध हुने भएको प्रवन्ध निर्देशक गौचनले पोखरा न्युजलाई बताए ।

कास्की सहित तनहुँ, स्याङजा, बागलुङ, लमजुङ, पर्वत लगायतका पहाडी क्षेत्रका जिल्लामा बढी खोना नाला तथा भिर पाखा भएकोले गर्दा तटवन्दनको लागि अत्याधिक माग भएकोले गर्दा आफुले यो क्षेत्रलाई आवश्यक हुने गरी आफ्नो उद्योगबाटै उक्त ग्याविन वक्स (तार जाली ) वुन्ने उद्धेश्यले उद्योग संचालनमा ल्याएको गौचनले जनाए । १२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा हाल करिब १६ करोड लगानी भएको गौचन बताउछन । उनले भने “ मैले स्वदेशै केही गर्न चहान्छु तर यहाँ हामी जस्ता उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण छैन, मैले यस उद्योग स्थापना गर्दा उद्योगलाई आवश्यक पर्ने बिद्युत ल्याउदा मात्र करिब ४० लाख खर्च भएको छ । ”

गौचनले पोखराको शिवालयचोकमा विगत १९ बर्ष देखी मुस्ताङ ईन्जिनियरिङ मेटल वकशप संचालन गर्दै आएका छन  । फेन्सिङ नेट लगायतको कामको अनुभवले गर्दा पोखरा क्षेत्रमा ग्याविन तार जालीको माग बढी भएको र प्राय हातेबाट प्रयोग हुने जालीले बजारको माग पुरा गर्न नसके पछि आफुहरुले उक्त उद्योग स्थापना संगै २२ जनालाई प्रत्यक्ष रोजगार दिएको गौचनले जनाए । चाइृनाबाट ग्याविन भर्ने मेसिन २ करोड खर्चीएर आफुहरुले ल्याएको उनले बताए। सामान्यतया एउटा जालीको २ हजार ८ सय देखि ४ हजार २ सय मुल्य पर्ने भएको गौचनले बताए ।

कर्मचारी अवभावले गर्दा आफुहरुले चाहे अनुसारको उक्त जाली उत्पादन गर्न नसकिएको व्याबस्थापक विक्की गौचनले बताए । इन्जिनियर सुईस गौचनले विराटनगर तथा विरगन्जबाट उक्त जालीको कज्जा पदार्थ ल्याउने गरेको बताए । मुस्ताङको कुन्जो ताप्लुङमा जन्मेका प्रवन्ध निर्देशक गौचन विगत ३ बर्ष जापान बसेर स्वदेश फर्किएका हुन । देशको परिस्थितीले गर्दा आफुहरुले चाहे जति उक्त उद्योगबाट जाली उत्पादन गर्न नसकेको  मानव संसाधन प्रमुख चिजकुमारी गौचनले बताइन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button