पोखरामा शाखा विस्तार संगै जनकल्याण बहुउद्धेश्यीय संस्थाको शेयर पुजीमा भारी बृद्धि

पोखरा –
पोखरा २३, निर्मल पोखरीमा रहेको जनकल्याण बहुउद्धेश्यीय संस्थाले पोखरा बजारमा आफ्नो शाखा विस्तार गरेसंगै शेयर पुँजीमा भारी बृद्धि गर्न सफल भएको छ । पोखराको पन्थीगल्ली (सर्वेस्वर मार्ग ) मा शाखा विस्तार गरेसंगै अघिल्लो बर्षको तुलनामा यस आर्थिक बर्ष २०७२÷०७३ असार मसान्तर सम्ममा एक सय ३० प्रतिशतले शेयर पुँजी बृद्धि भएको संस्थाको चौथो बार्षिक साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष यादव प्रसाद पोखरेलले बताए ।

आर्थिक बर्ष २०७१÷०७२ असार मसान्तमा ६४ लाख १० हजार ४ सय शेयर पुँजी रहेको संस्थाको यस आर्थिक बर्षको असार मसान्तरसम्म आउदा एक सय ३० प्रतिशतले अर्थात १ करोड ४७ लाख ९१ हजार ९ सय रुपैया शेयर पुँजी रहेको पोखरेलले बताए । शेयर सदस्यको सङख्या ९१ जनाबाट बृद्धि गरी २०७२÷०७३ को आर्थिक बर्ष असार मसान्तरसम्म १ सय ९१ जना पुराईएको संस्थाका सदस्य बालकृष्ण भण्डारीले बताए। उनका अनुसार संस्थामा १ सय ५६ जना पुरुष शेयर सदस्य रहेका छन भने ४३ जना महिला सदस्य रहेका छन । आर्थिक बर्ष २०७२÷०७३ को असार मसान्तर सम्ममा ४ करोड ७५ लाख ६८ हजार ४ सय ७८ रुपैया निक्षेप संकलन सोहि अवधिमा ३ करोड ५० लाख ७१ हजार ९ सय १० रुपैया निक्षेप फिर्ता गरी १ करोड २४ लाख ९६ हजार ५ सय ६८ रुपैया फिर्ता गर्न बाँकी निक्षेप रहेको संस्थाले जनाएको छ । हाल संस्थामा ५ जना कर्मचारी रहेका छन ।

आर्थिक बर्ष २०७२÷०७३ मा संस्थाले कृषि, व्यापार र आकस्मिक कर्जामा ७ करोड १४ लाख २९ हजार रुपैया लगानी गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार १० देखि १५ प्रतिशतमा कृषि कर्जा १७ लाख ६० हजार, १३ देखि १८ प्रतिशतमा व्यापार कर्जामा ५ करोड ४९ लाख १९ हजार र १५ देखि १८ प्रतिश आकस्मित कर्जामा १ करोड ४७ लाख ५० हजार रुपैया कर्जा लगानी भएको छ । शेयर सदस्यहरुबाट ४ करोड ८९ लाख ८० हजार ८ सय १२ रुपैया असुली भएको र शेयर सदस्यहरुमा २ करोड २४ लाख ४८ हजार १ सय ८८ रुपैया ऋण असुली बाँकी रहेको अध्यक्ष पोखरेलले जनाए ।

यसै बिच, संस्थाको चौथो बार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष हरीभक्त पौडेलले एकै बर्षमा धेरै पुंजी संकलन गर्न सफल भएको बताउदै उत्पादनशिल क्षेत्रमा लगानी गर्न सुझाव दिए । संस्थाका अध्यक्ष यादव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रा.डा. रामचन्द्र पोखरेल, बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, कलम वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेल, मुक्तिनाथ विकास बैंक न्युरोड शाखाका प्रवन्धक धु्रर्ब प्रसाद रेग्मी, फेन्सी तथा रेडिमेट व्यवसायी संघ कास्कीका अध्यक्ष गिरधारी अधिकारी, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष धर्ममानसिंह भण्डारी, सर्वेश्वर टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण पराजुली, स्वाभलम्बी वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शिवदक्त अधिकारी, संस्थाका संस्थापक अध्यक्ष कमलमोहन पौडेल, उपाध्यक्ष नरहरी अधिकारी, सचिव सन्तोस पौडेल, साधारण शेयर सदस्य लेखनाथ सुवेदी लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button