पोखरामा श्रष्ठा सम्मान सहित जोजिजू म्युजिकल जर्नी सम्पन्न

पोखरा न्युज ।

पोखरा रानिपौवामा रहेको जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कुलले जोजिजू म्युजिकल जर्नी २०७४ को अवसरमा बुधबार बिशेष सांगीतिक कार्यक्रम सहित श्रष्ठा सम्मान गरेको छ ।

पोखरा सृजनाचोकमा रहेको ह्वाईट हाउस पार्टी प्यालेसमा बुधबार साँझ सम्पन्न भएको जोजिजू म्युजिकल जर्नी २०७४ को अवसरमा बिशेष सांगीतिक कार्यक्रम सहित श्रष्ठा सम्मान गरिएको स्कुलका ब्यावस्थापक सानु जोजिजूले बताईन । कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जर्ज जोनले कार्यक्रमको उद्घाटन गर्दै गित संगितको उत्थानको लागि यस्ता म्यूजिकल कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए । कार्यक्रमको अवसरमा गायक प्रशिक्षक करण तामाङ, गितारवादक अरुण डंगोल, विग आईकन २०१५ का विजेता प्रिया गुरुङ, प्राविधिक दुलाचन चौधरी सम्मानित भएका छन । गित तथा संगितको उत्थानमा उल्लेखनिय योगदान दिएको मन्दै स्कुलले जोजिजू म्युजिक जर्नीको अवसरमा सम्मान गरेको हो । प्रमुख अतिथि जर्ज जोन, स्कुलका निर्देशक विनित जोजिजू सहितका अतिथिहरुले सम्मान पत्र, दोसल्ला र खादाले उनीहरुलाई सम्मान गरेका हुन ।

बिषेश अतिथि शिक्षाविद् डा. एलियामा जोन, गायक तथा संगितकार नवराज बराल पद्मराज ढकाल, श्यामलाल श्रेष्ठ, तिर्थराज पोखरेल, श्रीमान थुलुङ लगायतले कार्यक्रममा बोल्दै जोजिजू म्युजिक स्कुलले नयाँ कलाकार उत्पादनमा थप टेवा पुराएको विश्वास व्यक्त गरे । कार्यक्रममा अतिथि कलाकारको रुपमा रामभक्त जोजिजू, ईतु जोजिजू, आचल लामा, नविन कटुवाल, प्रिया गुरुङ (विक आइकन विजेता २०१५) रहेका थिए । उनीहरुले बिशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा सहभागिहरुलाइ भरपुर्ण मनोरन्जन प्राप्त भएको थियो। उक्त अवसरमा विश्वकै कान्छा ड्रमर उत्प्रेम जोजिजूको जन्म दिन समेत मनाइएको छ । कलाकार सिता श्रेष्ठ, शोभा गुरुङ, प्रिया गुरुङ, उसा गुरुङ, रोहन मगर, निसान गुरुङ, आसिस गुरुङ, विमल गायक, राजकुमार परियार, सगुन गौतम, सुसान भण्डारी र गुमान मगरले कार्यक्रममा आफ्नो प्रस्तुती राखेका थिए । स्कुलका निर्देशक एवं गायक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचारकर्मी सुरेन कुमार शुशिलले गरेका थिए । ट्रि–यो माईल्स ब्याण्डले कार्यक्रममा लाईभ ब्याण्ड समेत प्रस्तुतः गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button