खेलकुद क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै जोशीलाई पोखरामा सम्मान

डीएनबी,पोखरा-
पोखरा रंगशाला क्षेत्र र पोखरामा भएका खेल गति विधिमा शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै कास्की जिल्ला खेलकुद विकास समितिले एक समारोहका बिच वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक वेद प्रकाश जोशीलाई सम्मान गरेको छ ।

समितिको पदेन सदस्यको रुपमा रहेका जोशीले पोखरा क्षेत्रको खेल गतिविधि सहित पोखरा रामबजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै उनलाई बुधबार पोखरामा सम्मानका साथ सरुवा भई जान लागेको अबस्थामा सम्मान गरीएको समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । विदाई तथा सम्मान कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, समितिका कोषाध्यक्ष दिपक गोदार लगायतले खादा, अविर र मायाको चिनोले जोशीलाइ विदाई सहित सम्मान गरेका हुन ।

समितिका उपाध्यक्ष गुरुङले जोशीले आफ्नो काम कर्तव्यको समयमा मुस्कान र प्रहरी मेरो साथी सहितको सेवा दियर लोकप्रिय भएको जनाए । जिल्ला समितिका अध्यक्ष गुरुङले रंगशाला क्षेत्र वडा प्रहरी कार्यालय रामबजार पर्ने भएकोले आफ्नो क्षेत्रमा राम्रो शान्ति सुरक्षाको व्याबस्था मिलाएकोमा आफुहरुले उनको सफलताको कामना सहित विदाई गरीएको बताए । जोशीले पोखरामा आफुले काम गर्दा धेरै क्षेत्रबाट साथ र सहयोग प्राप्त गरेकोले आफुलाई सहज भएको जनाए । पोखरामा मनका धनि धेरै भएकोले पुनः सेवा गर्ने अवसर प्राप्त भए पोखरा नै आउने उनले बताए ।

जोशी पोखराबाट सरुवा भई पुलिस एकेडेमी महाराजगन्जमा जादैछन भने उनको स्थानमा निजगढ वाराबाट सुवास गैरे आउदैछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button