स्थानीय र प्रहरीबीच झडप हुदा जुम्लामा १३ जना घाइते

जुम्ला-

चन्दननाथ नगरपालिका ९ बयालकाटियाका स्थानीयले आफूहरुले चर्दै आइरहेको वनमा चरन गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । तत्कालीन तलिउम गा.वि.स. हालको चन्दननाथ नगरपालिका ९ बयालकाटियाका स्थानीयहरु सोही वडामा रहेको शम्भुनाथ सामुदायिक वन र माझपातल सामुदायिक वनमा समावेश गरिनुपर्ने माग एक वर्षअघिदेखि राख्दै आएका थिए ।

सामुदायिक वनभित्र आफूहरुलाई पनि समावेश गरिनुपर्ने मागसहित प्लेकार्ड बोकेर महिलाहरुको जुलुस प्रशासन कार्यालयभित्र छिर्न खोज्दा प्रहरीले रोकेको थियो । स्थानीय प्रदर्शनकारीले बोकेको प्लेकार्डले प्रशासन गेटमा रहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले लाठीचार्ज गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

प्रहरीको लाठीचार्जबाट ७ जना महिला र ५ जना पुरुष घाइते भएका छन् । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने एकजना प्रहरी पनि घाइते भएका छन् ।

बयालकाटियाका स्थानीयहरु केही वर्षअघिसम्म शम्भुनाथ सामुदायिक वन र माझपालन सामुदायिक वन उपभोग गर्दै आएकोमा एक वर्षदेखि यी दुवै वनमा तलिउमका स्थानीयले प्रवेश निधेष गरेपछि उनीहरु आन्दोलनमा जिल्ला वन कार्यालयमा आएको जिल्ला वन अधिकृत मोहन श्रेष्ठले बताए ।

‘जिल्ला वन कार्यालयमा गरिएको पटक पटकको वार्ता सफल हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीवासी छलफल गर्ने निर्णय दुई दिनअघि मात्रै गरिएको थियो’ उनले भने, ‘आज एक्कासी कसरी स्थानीयको जुलुस आयो भन्ने थाहा भएन ।’

स्रोत –  कान्तिपुर – https://kantipur.ekantipur.com/news/2017-04-25/20170425155307.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button