पोखराको जंगलभित्र चार दिन सम्म नेपाल र भारतका ‘रेस्लर’बीच महाभिडन्त हुने

पोखरा-

अग्ला कद, बडेमानका शरिर भएका एक हुल मान्छे शान्ति वनमा जारी जंगल फेस्टिभलमा एकाएक देखिँदा मानिसहरु अलिक हच्किए । हेर्दै डरलाग्दा ती मानिसहरुले अझै जंगल फेस्टिभलको स्टेजमा उक्लिएर आफ्नो ज्यान देखाए । कतिपयले बडेमानको ज्यान देखेर जिब्रो टोके ।

८ जना नेपालका र ८ जना भारतका ती ठुला शरिर भएका मानिसहरु खासमा रेस्लिङ खेलाडी थिए । जंगल फेस्टिभलमा रेस्लिङ खेल्नका लागि उनीहरुलाई निम्ताईएको थियो । नेपाल र भारतका रेस्लिङ खेलाडीबीच जंगल फेस्टिभलमा रेस्लिङको महाभिडन्त हँदैछ ।

मंगलबार जंगल फेस्टिभलमा आएका उनीहरुले एक अर्काको टोलीलाई भीडन्तको लागि केहि छिन जोरी पनि खोजे । र, मैदानमा एकले अर्कालाई पछार्ने भन्दै स्टेजबाट बाहिरिए ।

दुई देशका रेस्लरलाई एउटै रिङमा भिडाउने प्रयास बल्ल सफल भएको आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए । रेस्लिङ ४ दिनसम्म चल्नेछ । ‘पोखरामा यस्तो रेस्लिङ पहिलो पटक हुँदैछ,’ बस्यालले भने, ‘पोखरेली दर्शकले रेस्लिङको मज्जा नजिकबाट हेर्न पाउनेछन् ।’ उनका अनुसार बुधबार दिउँसो २ः३० देखि रेस्लिङ सुरु हुनेछ । पहिलो दिनमा ३ वटा म्याच गराइनेछ ।

भारतका आइएक्सडब्लुका म्यानेजर मनिश राजपुतले दुई देशबीचको राजनीतिक अवस्था खराब भएपनि रेस्लिङबाट राम्रो सम्बन्ध बन्ने बताए । उनले भारतसँग नेपाल रेस्लिङमा भिड्नु गौरवको कुरा भएको सुनाए । उनले बडीविल्ड रेस्लर भारतमा भएकोले जीत आफ्नो पोल्टामा हुने दावी गरे ।

नेपाल रिङ रेस्लिङ एसोसियसन अध्यक्ष सुनिता थापाले प्रतिस्पर्धा निकै रोमाञ्चक बन्ने बताइन् । उनले भारतका रेस्लरले गरेको चुनौतिलाई स्विकार्दै बलले भन्दा दिमागले जित्न सकिने बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button