पोखरामा फरक शैलिको जंगल फेस्टिवल सुरु

फेस्टिवलको कुसुण्डा जातिका राजा मामाले उद्घाटन गरे,

पोखरा, १२ फागुन-

पोखरामा आज (विहिबार) देखि फरक शैलिको जंगल फेस्टिभल सुरु भएको छ । जंगल र जंगली जीवनशैली अनुभूत गराउने उद्धेश्यले आयोजना भएको उक्त फेस्टिवलको उद्घाटन नेपालकै लोपन्मुख कुसुण्डा जातिका राजा मामाले गरे । उनले फेस्टिवलकोमुल गेटमा रिवन काटेर उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै उनले आफुहरुको संरक्षणमा सरकारले ध्यान दिन आग्रह गरे । उक्त फेस्टिवलमा कुसुण्डा जातिका राजा मामा सहित सात जना भन्दा बढी सहभागि भएका हुन । यस अघि कुसुण्डा जातिका समुदाय सहित विभिन्न झाकीमा युवा युवतिहरु ¥यालीमा सहभागि भएका हुन । उनीहरु गाडीमा बसेर नगर परिक्रमा गरेका थिए । परिचय नेपालको आयोजनामा यही फागुन २१ गतेसम्म पोखराको शान्ति वन वाटिकामा संचालन हुने उक्त फेस्टिवल संचालन हुदैछ । फेस्टिवलमा आज सर्कस सहितका सांगीतिक कार्यक्रम हुने भएको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए । शुक्रबार फेसन सो सहितका विभिन्न कार्यक्रमहरु हुने भएका छन ।

फेस्टिवलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने गरी शान्ति वनवाटिका क्षेत्रमा थुप्रै आकषर्णका विषय बस्तुहरु राखिएको बस्यालले बताए । उनका अनुसार जंगलमा विभिन्न आकृति तथा सजीसजावट, विभिन्न घरको कटेज सहितका आकषर्ण निमार्णमा मात्र करीब १५ लाख खर्च भएको छ । फेस्टिवलमा लोपन्मुख जाति कुसुण्डालाई भेट्न सकिने, रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशन सो, नाटक मञ्चनसंगै गजल र मुक्तक समेत वाचन हुने भएको बस्यालले बताए । जंगलमा रमाउदै खानपिन गर्ने अवसर, जंगलमा काटिएका र काम नलाग्ने थुप्रै रुखहरुलाई विभिन्न आकृतिमा ढालेर अझै बढि आकषर्ण बनाइएको बस्यालले बताए । जंगलमा काटिएका र काम नलाग्ने रुखहरको स्थानमा नयाँ विरुवा रोप्ने उनले बताए । फेस्टिवलमा रेष्टुरेण्ट तथा खानाको करीब ३० र अन्य २० वटा सचेतनामुलक विभिन्न व्यापारीक तथा सेवामुलक स्टलहरु रहेको अध्यक्ष बस्यालले बताए ।

फेस्टिवलमा जंगली जीवनशैली र जैविक विविधता सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुको लागि समेत लाभदायक हुने आयोजकले विश्वास लिएको छ । जंगल फेस्टिभलमा दर्शकले काट्ने हरेक टिकटबाट एक रुपैयाँ निर्माणाधिन नाटकघरको लागि समेत छुट्टाईएको छ । कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्रस्तुतीमा हुने फेस्टिभलको पोखरा फाइनान्स बैंकिङ पार्टनर रहेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. जंगल फेस्टिवलको नाममा धुर्त अायोजकहरुले शान्ति वनवाटिकाको बहुमुल्य जंगल सिद्ध्याउन त लागेका होइनन् ? आखिरमा यो वनवाटिका पनि लोभी पापीहरूको नजरबाट अछुतो रहेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button