पोखरामा जंगलभित्र नेपाल र भारतका पहलमानको घमासान युद्ध

पोखरा-

जब जंगलमा मुक्कामुक्की शुरु हुन थाल्यो । तब दर्शकहरु एकठाऊँमा जम्मा भए । शान्ति वन वाटिकामा जारी तेस्रो सँस्करणको जंगल फेस्टिभल अन्तरगत बुधबार नेपाल र भारतका रेस्लिङ खेलाडीबीच भिडन्त हुने कुरा सुनेरै धेरै जना जंगलमा पुगेका थिए ।

बालबालिकादेखि वृद्धवृद्धासम्म रेस्लिङकै पर्खाईमा थिए । टेलिभिजनमा खुब मज्जा मानेर हेरिने रेस्लिङ आँखै अगाडि हेर्न पाउने भएपछि ‘रेस्लिङ लभर’लाई के चाहियो र ? अझै त्यसैमाथि रेस्लिङको महाभिडन्त पनि नेपाल भर्सेज भारतको । पोखराको जंगलमा भएको यो रेस्लिङमा दर्शकको हुटिङ नेपाली खेलाडीकै सपोर्टमा बढि आयो ।

बुधबार जंगल फेस्टिभलमा पहिलोपटक रेस्लिङ खेल भएको थियो । बुधबार भएको पहिलो दिनको खेलमा कुल ३ वटा म्याच भएको थियो । खेल अन्तरगत पहिलो म्याच भारतको पोल्टामा प¥यो । त्यस्तै दोस्रो म्याच नेपालले जित्यो भने बुधबार भएको अन्तिम म्याच ‘क्वालिफाइड’ हुन सकेन । आयोजकका अनुसार ‘क्वालिफाइड’ हुन नसकेको म्याच विहिबार खेलाईनेछ ।

टेलिभिजन र फिल्ममा हेर्दै आएको रेस्लिङ लाइभ हेर्न पाएपछि दर्शक निकै रमाएका थिए । ‘रेस्लिङ प्रति पोखरेली दर्शकको चासो देखेर हामी पनि अचम्ममा परेका छौँ ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘हामीले सोँचेको भन्दा राम्रो रेस्पोन्स पायौँ ।’ जंगल फेस्टिभलमा अझै ३ दिन निरन्तर रेस्लिङ हुने आयोजकले जानकारी दिएको छ । रेस्लिङ अन्तरगत भारतका ८ र नेपालका ८ जना खेलाडीहरु भिड्दैछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button