जंगल फेस्टिभल जानुभयो ? छैन भने शनिबार अन्तिम दिन मिस नगर्नुहोस्

पोखरा-

जंगल फेस्टिभलको तेस्रो सिजन शनिबार सकिँदैछ । पोखरा शान्ति वन वाटिकामा फागुन १२ गतेदेखि संचालनमा आएको जंगल फेस्टिभलमा नआएका सम्पूर्ण दर्शकलाई शनिबार आयोजक परिचय नेपालले निम्तो गरेको छ ।

तेस्रो सँस्करणको जंगल फेस्टिभललाई दर्शकले निकै रुचाएको पनि आयोजकले दाबी गरेको छ । ‘फरक र नयाँ शैलीको यो जंगल फेस्टिभललाई दर्शकले अत्याधिक रुचाएको हामीले पाएका छौँ ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘र, जति दर्शकले जंगल फेस्टिभलमा सहभागिता जनाउनुभएको छैन । उहाँहरुलाई पनि शनिबार आउन निम्तो गर्छौँ ।’ आयोजकले जंगल फेस्टिभल कुनै पनि हालतमा ‘मिस’ नगर्न आग्रह गरेको छ ।

खासगरि यो पटक जंगलभित्रै रेस्लिङ पनि राखिएकोले दर्शक पछिल्ला दिनहरुमा बढि नै आउन थालेको आयोजकको ठम्याई छ । त्यो सँगै विभिन्न साँगीतिक कार्यक्रम, फेशन शो, जादु, नाटक, भूतघर, सर्कस जस्ता आकर्षणहरुले दर्शकलाई तानेको आयोजकले बताएको छ । शनिबार अन्तिम दिन यी सबै कार्यक्रमहरुको प्याकेजसहित अझै केहि नौला कुरा थपिने आयोजकले बताएको छ ।

शुक्रबार भने साँगीतिक कार्यक्रमतर्फ गायक प्रयत्न श्रेष्ठलाई दर्शकको विशेष साथ मिल्यो । उनको गाउँदै गर्दा दर्शकले उनीसँगै गाएर साथ दिएका थिए । रेस्लिङमा पनि दर्शकको हुटिङ निकै चर्को सुनियो । र, साँझ पख भएको जंगली थिमको फेशन शोले दर्शकको ध्यान खिच्यो ।

शनिबार अन्तिम दिन साँगीतिक कार्यक्रमतर्फ ज्योती मगरले प्रस्तुती दिनेछिन् । त्यस्तै साँझपख रेस्लिङ र फेशन शोले माहौल तताउने आयोजकले बताएको छ । अन्तिम दिनसम्म आईपुग्दा यो पटक फेस्टिभल निकै सफल भएको आयोजकले जानकारी दिएको छ । अरु दिनभन्दा अन्तिम दिन अझै बढि दर्शक फेस्टिभलस्थलमा आउने आयोजकले अनुमान गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button