पोखरामा जारी जंगल फेस्टिभलमा आज ज्योती मगरको प्रस्तुती, फेशन शो संगै रोचक कार्यक्रम हुने

पोखरा न्युज डटकम , पोखरा –

पोखरा शान्ति वन वाटिकामा फागुन १२ गतेदेखि जारि जंगल फेस्टिभलको अन्तिम दिन शनिबार विशेष प्रस्तुति रहने भएका  छन  ।

आज  अन्तिम दिन साँगीतिक कार्यक्रमतर्फ ज्योती मगरले आफ्नो  दमदार प्रस्तुती राख्नेछिन् भने अन्य रमाईला प्रस्तुति पनि रहने छन् ।

शनिबार दिनभर  विभिन्न साँगीतिक कार्यक्रम, जादु, नाटक, भूतघर, सर्कस जस्ता प्याकेजसहित अन्य  नयाँ कुरा थपिने  आयोजकले बताएको छ।

शनिबार साँझपख नेपाल र भारत बिच रेस्लिङको घम्साघम्सी पनि जारी रहने छ ।

त्यसैगरी आज साझनै  बिभिन्न प्रख्यात मोडल संलग्न फेशन शोले माहौल तताउने आयोजक परिचय नेपालले बताएको छ ।

जारि जंगल फेस्टिभललाई दर्शकले निकै रुचाएको आयोजकले दाबी  छ । “पोखरामा हुने फेस्टिभल मध्येको  फरक  शैलीको  फेस्टिभल भएकाले दर्शकले अत्याधिक मन पराएको  हामीले पाएका छौँ ।”, परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने ।

शुक्रबार सम्म  फेस्टिभलले  सफलता हासिल गरिसकेको र  शनिबार  अन्तिम दिन अतयाधिक दर्शकको  फेस्टिभल उपस्थिति रहने आयोजकले दाबी  गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button