पोखरामा जंगलभित्र नाटक ‘भट्टीका सपना’ मञ्चन हुने

पोखरा।

फागुन १२ गतेदेखि शुरु हुने जंगल फेस्टिभलमा नाटक ‘भट्टीका सपना’ मञ्चन हुने भएको छ । जंगल फेस्टिभलको आयोजक संस्था परिचय नेपालले पोखराको यूथ क्रियशन थिएटरसँगको साझेदारीमा यो नाटक मञ्चन गर्न लागेको हो ।

फेस्टिभलमा मञ्चन हुन लागेको यो नाटकको यतिबेला रिहर्सल चलिरहेको छ । नाटक ‘भट्टीका सपना’ बेरोजगार युवाहरुको पीडालाई समेटेर तयार हुँदैछ ।

‘पोखरामा नाट्यकर्म मौलाउनुपर्छ भन्ने हेतुले हामीले फेस्टिभलमा नाटकलाई समावेश गरेका हौँ ।’ परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘पोखरेली दर्शकमाझ नाटक लोकप्रिय पनि भएकोले हामीलाई झन् सजिलो भएको छ ।’ नाटक साँझपख मञ्चन हुने आयोजकले जानकारी दिएको छ ।

पोखरामा नाटकघर निर्माण गरिरहेको संस्था यूथ क्रियशन थिएटरले नाटकको तयारी तिव्र रुपमा भैरहेको जानकारी दिएको छ । सौगात पोखरेलको लेखन तथा निर्देशन रहने यो नाटकमा मनिष पुरी, लक्ष्मण डुम्रे, कबिर शर्मा, सिमा गुरुङ, बबिता मल्ल, अस्मिता गाहामगर, अस्मिता गुरुङ, बिजयन भट्टराई लगाएतका कलाकारहरुको अभिनय रहनेछ । नाटकको सहनिर्देशनको जिम्मा कपिल शर्माले लिएका छन् भने व्यवस्थापनको जिम्मा विभु भुषालले लिएका छन् ।

फागुन १२ देखि २१ गतेसम्म चल्ने जंगल फेस्टिभलमा दर्शकले काट्ने हरेक टिकटबाट एक रुपैयाँ निर्माणाधिन नाटकघरको लागि समेत छुट्टाईएको छ । पोखरामा यूथ क्रियशन थिएटरले निर्माण थालेको नाटकघरको यतिबेला छाना छाउने काम मात्र बाँकी छ ।

नाटकसँगै जंगल फेस्टिभल भित्र थुप्रै आकर्षण कार्यक्रमहरुलाई समावेश गरिएको छ । जंगलभित्र फेशन शो, रेस्लिङ, साँगीतिक प्रस्तुतीसँग थुप्रै रमाईला कार्यक्रमहरुमा दर्शक रम्न पाउने आयोजकले बताएका छन् । दिपकराज गिरी, दीपाश्री निरौला, कर्ण दास, आस्था राउत, रामजी खाँड, गिरिश खतिवडा, ज्योती मगर, दिनेश डिसी लगाएतका कलाकारहरुको प्रस्तुती पनि दर्शकका लागि विशेष आकर्षण रहने आयोजकले बताएको छ ।

कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्रस्तुतीमा हुने तेस्रो सँस्करणको जंगल फेस्टिभल बिग एफएमसँगको सहकार्यमा परिचय नेपालले आयोजना गर्न लागेको हो । जिंक भोड्काले पावर्ड बाइ टाइटलमा सहकार्य गरेको फेस्टिभलमा पोखरा फाइनान्स बैंकिङ पार्टनर रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button